लेखनाथ, जेठ २ । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पहिलो सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाका उपभोक्ताहरुलाई धारा वितरण कार्य शुरु गरेको छ ।
पोखरा–२६ भवानीकालिका मावि स्थित बोरीङबाट निकालिएको पानीलाई १ हजार १ सय ९४ मिटर माथि उचाईमा लिफ्ट गरी ४ वटा ट्याङ्कीमार्फत पोखरा २६, २७, २८ र ३१ नं. वडाका पहाडी क्षेत्रमा पानी वितरण गर्न लागिएको हो ।पहिलो चरणमा बिहीबारबाट शुरु गरिएको धारा वितरणबाट ७०० वढि घरपरिवार लाभान्वित हुनेछन । धारा जडान पछि २ महिना परीक्षण अवधि रहने र यस अवधिमा पानीको महशुल नलिइने लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले बताए ।
आयोजना अन्र्तगत पूर्वमा लामास्वारा, पश्चिममा टाईगर टप, दक्षिणमा अर्चले र साविक लेखनाथको वडा नं.५ का भागमा करिब २५०० धरधुरीका उपभोक्ताहरुलाई सहज रुपमा खानेपानी वितरण गर्ने संस्थाको उद्देश्य रहेको अध्यक्ष बरालले वताए ।
धारा जडानको लागि पोखरा–२६ पिपलसारेमा रहेको कार्यालयमा अन्तिम किस्ता बुझाउन सकिने र जडानका सामग्रीहरु उपलब्ध हुने गरी व्यवस्थापन मिलाईएको संस्थाले जनाएको छ ।२०७४ साल असार २८ गतेबाट सुरु भएको आयोजना अन्तिम चरणमा रहेको र ९५ प्रतिशत काम पुरा भई ५ प्रतिशत कार्य बाँकी रहेको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानि रहेको सह–लगानी आयोजनामा पुर्व सांसद यज्ञ ब. थापा र हालका संघिय सांसद खगराज अधिकारीले सांसद विकास कोषमार्फत सहयोग गरेका छन ।
आयोजना सञ्चालनमा आउँदा उपभोक्ताहरुले प्रतिव्यक्ती ७५ लिटरका दरले २४ सै घण्टा पानी उपभोग गर्न पाउने लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जानकारी दिएको छ । धारा वितरण शुभारम्भ कार्यक्रममा संघिय कार्यालयका ईञ्जिनियर कुलप्रसाद पौडेलले आयोजना मार्फत २४ सै घण्टा खानेपानी उपलब्ध गराईने वताउँदै खानेपानीको लागि प्रयोग गरिने विद्युत महशुलमा राज्यले सहुलियत दिनुपर्ने वताएका थिए । यस्तै लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेन्द्र ओझाले ग्रामिण क्षेत्रमा रहेको पानीको समस्यालाई सम्बोधन गरेकोमा संस्थालाई आभार व्यक्त गरेका थिए
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१