नवलपरासी ७ जेठ । पश्चिम नवलपरासीमा बुधबार पुष्टि भएका एक जना कोरोना संक्रमित भारत अतिमित क्षेत्र सुस्ता हुँदै नारायणी नदीमा डुंगा तरेर नेपाल आएको खुलेको छ ।
उनी भारतको मुम्बईबाट बैशाख ३० गते भारत विहारको बसही हुँदै नारायणी नदी पारीको सुस्ताबाट डुङ्गाको प्रयोग गरी सुस्ता गाउँपालिका–५ बेलवनीमा रहेको क्वारेन्टाइनमा बस्न आएका थिए ।पश्चिम नवलपरासीका जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सुस्ता गाउँपालिका वडा नं ५ बेलवानीका २६ वर्षका १ जना पुरुषमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो ।
उनीसंगै नेपाल प्रहरी सुस्ताका एक जवान र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट सुस्ताका दुई जवान, डुङ्गा चालक ३ जना गरि ७ जना एउटै डुङ्गामा बसि नारायणी नदि वारि सुस्ता ५ को पक्लिहवा आएका थिए ।उनलाई नारायणी नदिको किनारबाट ल्याइ क्वारेन्टाइनमा राख्नका लागि उनको भाइ लिन गएको थियो र भाइले नारायणी नदिको किनारबाट मोटरसाइकलमा बसालेर बेलवानीको क्वारेन्टाइन सम्म ल्याएर छोडेर उनको भाइ घर गएका थिए ।
स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले उनीसँगै डुंगामा आएका सबैको स्वाब संकलन गरी परीक्षणका लागि पठाइने बताए ।भाइ घर गएको बेला गाउँले देखेपछि भाइलाई पनि क्वारेन्टाइनमा बस्न दबाब दिए पछि उनको भाइलाई पनि क्वारेन्टाइनमा राखिएको थियो भने भाइको पिसिआर परीक्षण नेगेटिभ आएको छ । पछिल्लो समयमा सुस्ता गाउँपालिकामा ५५ जनाको स्वाब संकलन गरी पिसिआर नमुना परिक्षण गरिएको थियो त्यस मध्येमा उनको भाई संगै ४१ जनाको पिसिआर रिपोर्ट आएकोमा ४० जनाको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले जानकारी दिए ।
पुष्टि भएको युवासंगै ३० जना बेलवानी क्वारेन्टाइनमा बसेका थिए भने उनको बाहेक २९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ रहेको छ । पुष्टि भएका युवालाई थप उपचारका लागि भिम अस्पताल भैरहवा रुपन्देहीमा रहेको आइसोलेसोनमा पठाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख पश्चिम नवलपरासीका ढकालले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१