चौधरी उद्योग ग्राम पाँच दिनको लागि सिल

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७७

नवलपरासी, ७ जेठ । कोरोना संक्रमित महिला माइती गाउँ बसेको पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग पाँच दिनको लागि सिल गरिएको छ ।

जिल्ला प्रशासन र देवचुली नगरपालिकाले साविक दिव्यपुरी गाविस सिल गर्ने निर्णय गरेर सिल गरेसँगै चौधरी उद्योग पनि पाँच दिनका लागि सिल भएको हो । चौधरी उद्योगका महाप्रबन्धक रामकाजी सिटौलीले बुधबार एक विज्ञप्ति जारी गर्दै उद्योग पाँच दिन सिल गर्न निर्देशन भए बमोजिम सिल गरिएको जनाएका छन् ।
विज्ञप्तिमा परिषर भित्रबाट कोही कसैलाई पनि आउजाउ समेत गर्न नदिने जनाइएको छ ।संक्रमित महिलाको माइती पक्षले सञ्चालन गरेको होटेल खाद्यान्न उद्योग चौधरी उद्योग अगाडि नै रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • अधिकारी सरकारको वैधानिकताको टुंगो आज

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्चमा दायर रिटको पेसी मंगलबारका लागि तोकिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले…
  • चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । चलचित्र पत्रकार संघ नेपालको रजत जयन्ती अवसरमा कास्की शाखाले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । केन्द्रले भने…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • हेमजामा हिले महोत्सवको तयारी

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । देवीस्थान सेवा समाज हेमजाको आयोजनामा स्थानीय देवीस्थान टोलमा यही असार १५ गते चांैथो हिले महोत्सव हुने भएको छ…
  • नेपालमा आइडलमा सलोमी गुरुङ जिताउन अभियान

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । गायन रियालिटी सो नेपाल आइडल सिजन फाइभकोे उत्कृष्ट ८ मा परेकी पोखराकी गायिका गायिका सलोमी गुरुङलाई विजेता बनाउन…

hero news full width