पोखरा, ७ जेठ । एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्ना सम्पूर्ण श्रेणी/तहमा कार्यरत कर्मचारीको कोरोना बीमा गरेको छ ।
कर्मचारीहरुको स्वास्थ्यको ख्याल गदै कोरोना भाइरस (कोभिड–१९) बाट हुनसक्ने संभावित जोखिमको रक्षावरणका लागि प्रति कर्मचारी १ लाख वरावरको सामूहिक कोरोना बीमा गरेको बताइएको छ । वित्तीय संस्थाको संचालक समितिको बैठकको निर्णय अनुसार एनएमबि लघुवित्त वित्तीय संस्था र एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेड बीचमा कोराना बीमाको सम्झौता भएको हो ।
सम्झौता अनुसार अब वित्तीय संस्थामा कार्यरत कुनैपनि कर्मचारीहरुको कोरोना भाईरस परीक्षण गर्दा पिसिआर टेष्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपूर्ति वापत उपलब्ध गराउनेछ ।
एनएमबि बैंकको सहायक कम्पनी, नेपाल राष्ट्र वैकवाट इजाजत प्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरी हाल ५६ जिल्लामा १०० वटा शाखा विस्तार गरी करिब एकलाख उन्नाईस हजार विपन्न घरपरिवारका सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गदै आएको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१