स्याङ्जा र तनहुँबासीलाई पाल्पामा छेकबार

रासस
जेठ ६, २०७७
7258RAM1

तानसेन, ६ जेठ । स्याङ्जा र तनहुँबाट पाल्पा आएर काम गर्ने कृषक पुलमा लगाइएको छेकबार तथा जिल्ला बन्द घोषणाका कारण मारमा परेका छन् ।

धान तथा मकै गोड्ने अहिलेको समय घर नजीकै भए पनि उनीहरु कालीनदीको पुल तरेर पाल्पा रामपुरको खेतबारीमा कृषक जान पाएका छैनन् । खेतबारीमा काम गर्ने समयमा पुलमा छेकबार लगाइएको छ ।

मुलुक बन्दाबन्दी र जिल्ला बन्दले खेतमा सिंचाइ गर्न जाने सहज अवस्था नहुँदा रोपिएको धान खेतमै सुक्न थालेको कृषकको गुनासो छ । “यसअघि बन्द गरिएको पुल दुवै जिल्लाका वडा कार्यालय र प्रहरीसँगको समन्वयमा बिहान र बेलुका कृषकका निम्ति बाटो खुला गरिएको थियो । अहिले पुलमा स्थानीय युवा तथा प्रहरी परिचालन गरेर आवागमनमा अवरोध गरिएको छ”, स्याङ्जा, चापाकोट दामाचौरका खगेश्वर कुमालले भने ।

चापाकोट नगरपालिकादेखि गएर रामपुर नगरपालिकाको खेतबारीमा काम गर्ने करीब ३० जनाको हाराहारीमा कृषक छन् । चापाकोट, दामाचौर र रामपुर प्याक्लुकघाट जोड्ने झोलुङ्गेपुलमा छेकबार लगाउँदा कृषकलाई निकै समस्या छ । “खेतमा मकै गोड्ने, हिउँदे धान गोड्ने चटारो छ, बिहानैदेखि बाँदरसमेत लाग्ने क्षेत्र हुँदा मकै कुर्न जान पाइँदैन, पुलमा बार छ ”, कृषक कुमालले गुनासो गरे ।

कालीगण्डकीमा ट्युब चलाई खेतमा पानी लगाउन जान आँट गर्न नसकिएको अर्का कृषक चन्द्रबहादर कुमाल बताउनुहुन्छ । “खेतमा केही घोगा हाल्न थालेका मकै बाँदरले नष्ट पार्ने भो, धान रोपेको खेत सुकेको छ, लौन कसले सहयोग गर्ला”, कुमालले भने ।

स्याङ्जा र तनहुँ जिल्ला बसोबास भएका तथा पाल्पा रामपुर र बगनासकाली क्षेत्रमा खेतबारी भएका बढी कृषक छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट पाल्पा बगनासकालीमा घरगोठ भएर बसेका करीब १२ कृषक छन् । बगनासकाली गाउँपालिका ७ फाँटमा आएर कृषि काम गर्नेलाई पुल तरेर आउनजान समस्या छ । तनहुँ घिरिङ गाउँपालिकाका गजरकोट, पुट्टार र रामपुर स्याउलीबजार जोड्ने गरी कालीगण्डकीको झोलुङ्गेपुलमा लगाइएको बारले पनि घर र गोठ वारिपारि भएका कृषकको दैनिकी कष्टकर बनेको छ ।

तनहुँ, पुट्टारमा घर र रामपुर पीपलडाँडामा गोठ भएका कृषक सन्तबहादुर श्रेष्ठ गाईभैंँसीलाई कँुडो, घाँसपराल दिन आउन जान समस्या भएको गुनासो गर्छन । “पुलमा बार छ, जसोतसो बेलुका र बिहान आएर दिनभर फर्केर आउन पाइँदैन, वस्तुभाउ फुके, लडे र खान नपाए पनि हेरचाह गर्न समस्या छ”, श्रेष्ठ भन्छन् ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भने विभिन्न बहानामा आवातजावत गर्न नपाइने तर कृषि कार्यका लागि एक एक जना खेतमा आउनेजाने व्यवस्था मिलाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीले खेतीपाती एवं कृषि कामका लागि कोहीकसैलाई प्रतिबन्ध नलगाइएको र यदि यसो भएका भए स्थानीय सरकारले व्यवस्थापन मिलाउनुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width