पोखरा, जेठ ५ । पोखरा महानगरपालिका वडा–६ मा रहेको नेशनल इन्भेन्टिभ बोर्डिङ स्कुलले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गरेको छ।
वडा नम्बर ६ का अध्यक्ष र टोल विकास समितिका अध्यक्षले दिएको विवरण अनुसार आज (सोमबार) स्कुलले करिब १ सय ३० विपन्न परिवारलाई राहत वितरण गरिएको हो।
स्कुलले उनीहरुलाई १० के.जी चामल, २ के.जी दाल, १ लिटर तेल, १ पोका नुन, २ के.जी चिउरा, १ पोका सोयाबिन, १ प्याकेट मसला गरि प्रति परिवारलाई वितरण गरेको नेशनल इभेन्टिभ बोर्डिङ स्कुललका प्रिन्सिपल उमा लामिछानेले बताइन्। उनका अनुसार नेशनल इन्भेन्टिभ बोर्डिङ स्कुलकै आर्थिक सहयोगमा राहतको व्यवस्थापन गरिएको हो।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण जिविकोपार्जनमा परेको समस्यालाई मध्येनजर गर्दै हामीले खहरे, जरेवर, बसन्त बैठक, बगैँचा, मुलचोकका अति आवश्यक परिवारलाई खाद्यन्न वितरण गरिएको प्रिन्सिपल लामिछानेले जानकारी दिइन्।
अत्यन्तै आवश्यक भएका साथै समस्यमा परेका विपन्न परिवारलाई नै छनोट गरी राहत वितरण गरिएको पोखरा महानगरपालिका वडा– ६ का अध्यक्ष जगतबहादुर पहारीले बताए। उनका अनुसार कोहि परिवारलाई वडाले र कोहि परिवारलाई स्कुलले छनोट गरेको हो।
यस्तै दिनप्रति दिन बढ्दै गएको कोरोना भाइरसका कारण सामाजिक दुरी कायम राखि राहत वितरण गरेको राहत कार्यक्रमका संयाेजक डा. डार्भिन लामिछानेले बताए। ‘हामीले कुपनको आधारमा सामाजिक दुरी कायम गरि राहत वितरण गरेका हौ,’ उनले भने, ‘मलाई लाग्छ राहत दिँदा सामाजिक दुरी कायम गर्न अत्यन्तै जरुरी छ ।’
Related News
सम्बन्धित समाचार
जनप्रियमा विएमटिएम स्पोर्टस् मिट
हाइकर्स क्लबको साधारणसभामा सम्मान
नेपोन गण्डकीमा सत्यराज
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
नारी स्रष्टा एक ठाउँ
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
पौष २८, २०८१