पाेखरा, ५ जेठ । नोभेल एकेडेमी न्युरोड पोखराको फार्मेसी संकायले वैशाख २१ गतेदेखि २८ गते सम्म फार्माटक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा औषधि विज्ञानको ६ वटा प्रमुख विधामा, ६ जना विज्ञहरुले आ–आफ्नो विषयमा प्रस्तुती दिएका थिए।
लकडाउनको समयलाइ सदुपयोग गर्दै र विद्यार्थीको लागि थप शैक्षिक ज्ञान हासिल गर्ने उद्देश्यका साथ आयोजना गरिएको फार्माटक कार्यक्रममा श्रोत व्यक्तिहरुका रुपमा डा.आशिक बाँस्तोला (न्यूरो वैज्ञानिक, ओटागो विश्वविद्यालय, न्युजिल्याण्ड), सन्ध्या घिमिरे (फार्मेसी इन्चार्ज, मानसिक अस्पताल, लगनखेल), सम्राट बराल (क्वालिटी एसुरेन्स सह–इन्चार्ज, केमीड्रग उद्योग प्रा.लि, काठमाडौं), अरविन्द बाँनिया (फार्मेसी अफिसर, राष्ट्रिय औषधि प्रयोगशाला, औषधि व्यवस्था विभाग, काठमाडौं), डा. रमाकान्त लामिछाने (पूर्व अनुसन्धान प्राध्यापक, क्याथोलिक विश्वविद्यालय, दक्षिण कोरिया) र डा.दयाराम पराजुली (पोस्टडाक्टरेट, अनुसन्धानकर्ता, फिलन्डर्स विश्वविद्यालय, दक्षिण अस्ट्रेलिया) थिए ।
न्यूरो वैज्ञानिक डा.आशिक बाँस्तोलाले फार्मासिस्ट प्रोफेसन देखि न्यूरो वैज्ञानिकसम्मको अनुभव विद्यार्थी माझ सुनाउँदै अनावश्यक सोच र भावनाहरुलाई कसरी सम्हाली अगाडि बढ्न सकिन्छ भन्ने कुराकाे जानकारी गराएका थिए भने मानसिक अस्पताल, लगनखेलकी फार्मेसी इन्चार्ज, सन्ध्या घिमिरेले नेपालको स्वास्थ्य क्षेत्रमा फार्मेसी पेसाको भूमिका र चुनौतिका बारेमा आफ्ना भनाइहरु राखेकी थिइन्। राष्ट्रिय औषधि प्रयोगशालाका अफिसर अरविन्द बाँनियाले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाले औषधिको गुणस्तर निर्माणमा खेलेको भूमिका बारे प्रस्ट पारेका थिए। उनले नेपालको औषधि विभाग र फार्मेसी पेशाको इतिहासको बारेमा पनि जानकारी गराउँदै औषधि व्यवस्था विभाग तथा प्रयोगशालामा रहेको नीतिनियम, फार्मेसी पसलको अनुगमन तथा कानुनी कावाहीका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए।
त्यस्तै केमीड्रग उद्योग प्रा.लि.का सहायक क्वालिटी एसुरेन्स इन्चार्ज सम्राट बरालले नेपालमा औषधि उत्पादन र दर्ता प्रक्रियाबारे जानकारी गराए। उनले नेपालको आफ्नो फार्मकोपिया हुन नसक्नु र फार्मकोपिया निर्माणमा वरिष्ठ औषधि विज्ञ र साथै ठूलो धनरासी आवश्यक पर्ने हुँदा हामी अझै पनि विदेशी फार्मकोपियामा निर्भर हुनुपरेको कुराको पनि जानकारी गराएका थिए।
यसैगरी क्याथोलिक विश्वविद्यालय, दक्षिण कोरियाका पूर्व अनुसन्धान प्राध्यापक डा.रमाकान्त लामिछानेलेऔषधि रसायन र औषधिको अन्वेषणका बारेमा जानकारी गराएका थिए। नेपालमा भएका बोटबिरुवाहरुलाई पनि थुप्रै नयाँ औषधि अन्वेषणको लागि प्रयोग गर्न सकिने र नेपालमा रसायन प्रयोगशाला निर्माण गरी हामी स्वयम् औषधि अन्वेषक बन्न सक्ने धारणा पनि उनले राखेका थिए। त्यस्तै फिलन्डर्स विश्वविद्यालय, दक्षिण अस्ट्रेलियाका अनुसन्धानकर्ता डा.दयाराम पराजुलीले मुटुका बिरामीहरुको व्यवस्थापनमा फार्मेसिस्टको भूमिका साथै अस्ट्रेलियामा फार्मेसी विषयको अध्ययन तथा रोजगारीको अवसर र चुनौतिबारे जानकारी गराए। उनले मुटुको समस्यालाई आफ्नो दैनिक क्रियाकलाप, आहारविहारले पनि सुधार्न सकिने धारणा व्यक्त गरे।
कोरोनाको कहरका बिच फार्मेसी संकायले गरेको यस फार्माटक सत्रलाई कलेजका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष विश्वेश्वर आचार्यले प्रशंसनीय कार्य भएकाे बताए। यस्ता कार्यले विद्यार्थीमा थप हौसला र उर्जा मिल्ने बताउँदै सम्पूर्ण श्रोत व्यक्ति तथा विद्यार्थी भाइ बहिनीहरुलाई कलेजको तर्फबाट उनले धन्यबाद ज्ञापन गरे।
फार्मेसी संकाय प्रमुख वरिष्ठ फार्मासिस्ट प्रकाश पौडेलले भविष्यमा अझैअरू कार्यक्रमहरू संञ्चालन गरिने बताए। कार्यक्रममा फार्मेसी संकायका डा. पुनम गौचन, ज्योती शेरचन, बिरेन्द्र ढकाल, दीपा खत्री, कुसुम साई रुपेश अधिकारीकाे पनि सहभागिता थियाे। अनलाइन ओभिनारलाइ लेक्चरर विश्वास सापकोटाले सहयाेग गरेका थिए। क्याम्पस प्रशासनको तर्फबाट संस्थाका अप्रेसन म्यानेजर दिनेश भण्डारीले कार्यक्रम सफलतापूर्वक सम्पन भएकोमा बधाइ तथा धन्यबाद दिएका थिए।
Related News
सम्बन्धित समाचार
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
हिमालय माविका भूपू विद्यार्थी एकजुट
‘निजी तथा सरकारी विद्यालयबीच विभेद नगरौं’
प्याब्सन कास्कीमा षडानन्द गौतम
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१