भूमि अतिक्रमण विरोधमा क्षत्री समाजको आन्दोलन चेतावनी

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७७
chhetri

पोखरा । नेपाली भूमि अतिक्रमण विरोधमा क्षत्री समाज नेपालले देशव्यापी आन्दोलनको चेतावनी दिएको छ ।
विगतदेखि राष्ट्रिय अखण्डता, जातीय सद्भाव, राष्ट्रिय हितका लागि आन्दोलनरत् रहँदै आएको समाजले कोरोना प्रभावले विश्वमै असर परेको बेलामा छिमेकी भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेकोप्रति आपत्ति जनाएको छ ।
समाजले सोको विरोधमा देशैभर जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको समाजका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख कृष्ण थापाले जानकारी दिए ।
समाजका केन्द्रीय अध्यक्ष प्राडा दिलबहादुर क्षत्री, महासचिव केशबहादुर केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा अविलम्ब नेपाल सरकारद्वारा कूटनीतिक पहल गरी नेपाली भूमि फिर्ता र सीमा सुरक्षामा प्रभावकारी कदम चालन माग गरिएको छ ।
कास्कीमा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले ज्ञापनपत्र बुझेका हुन् ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा केन्द्रीय अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीसहित, उपाध्यक्ष कृष्णबहादुर थापा, महासचिव केशबहादुर केसी, सचिव हिमाल खड्का, महिला समाज अध्यक्ष उर्मिला खड्का, प्रदेश उपाध्यक्ष बमबहादुर पाण्डे, जिल्ला सहसचिव शेरजंग अधिकारी, राजेन्द्र क्षत्री, तारा थापा लगायत उपस्थित थिए ।
यसैबीच, समाजले कोरोना भाइरुस नियन्त्रण, रोगथाम र सहजताका लागि सम्पूर्ण नेपालीमा एकताको लागि अनुरोध गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • आहारारा सफल पार्न संघसंस्थासँग छलफल

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहारा क्लब पोखराले खेलसम्बद्ध विभिन्न संघसंस्थासँग…
  • खेलकुद पत्रकार मञ्चको पदस्थापन

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नवनिर्वाचित कार्यसमितिको शनिबार पदस्थापन भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको…
  • मेलामा सूचना प्रविधिको ज्ञान

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सूचना प्रविधिबारे नयाँ…
  • डिज्नील्याण्ड एकेडेमीको सप्ताहव्यापी खेलकुद

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । पोखरा मासबारस्थित डिज्नील्याण्ड एकेडेमीले सर्वाङ्गीण विकासका लागि खेलकुद भन्ने मूल नाराका साथ सप्ताहव्यापी खेलकुद कार्यक्रम गरेको छ ।…
  • दलित पत्रकार संघ गण्डकीमा पूर्ण

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    लेखनाथ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन पर्यटकीय क्षेत्र बन्दीपुरमा सम्पन्न भएको छ । अधिवेशनले आगामी…

hero news full width