नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट एक जनाको मृत्यु भएको छ । नेपालको सन्दर्भमा कोरोनाबाट मृत्यु हुने यो पहिलो घटना हो ।
सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार राति विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।
ती महिलाको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएको थियो । स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल लगिएकोमा उपचारार्थ लगिएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।
कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि ती महिलाको पीसीआर टेष्ट पोजेटिभ आएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत भएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ सय ८१ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
hero news full width
मुख्य समाचार
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१