बागलुङमा आइसोलेसनमा रहेकी बिरामीको कोरोना परीक्षण नेगेटिभ

राजेशचन्द्र राजभण्डारी
जेठ २, २०७७
dt_200130_coronavirus_test_tube_800x450

धौलागिरी अस्पताल बागलुङको आइसोलेसन वार्डमा भर्ना गरिएकी ६५ वर्षीया महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना संक्रमण आशंकामा भर्ना गरिएकी ती महिलाको स्वाब परीक्षणपछि उनलाई कोरोना संक्रमण नभएको शुक्रबार पुष्टि भएको हो ।

गलकोट नगरपालिका–६, चरौदीकी ती महिलाको बिहीबार स्वाब लिइएको थियो । यद्यपि रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र बी. पोखरेलले बताए । उच्च ज्वरो र खोकी लागेपछि महिला अस्पताल उपचारको लागि आएकी थिइन् ।

धौलागिरि अस्पतालमा नेपालको पाँचौ र छैठौं कोरोना संक्रमित २ जना बिरामी महिला आइसोलेसन वार्डमा भर्ना गरी सफल उपचार पछि निको भइ यसअघि घर फर्किसकेको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जनाए ।

Related News

सम्बन्धित समाचार

  • ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध

    विजय नेपाल पौष २९, २०८१
    पोखरा । पोखराको अमरसिंह चोकस्थित पोखरा गेट गएराति भत्काइएको छ । आइतबार राति करिब १ बजे डोजर लगाएर गेट भत्काइएको…
  • जनप्रियमा विएमटिएम स्पोर्टस् मिट

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्टस् मिट–२०२५ सुरु भएको छ ।…
  • हाइकर्स क्लबको साधारणसभामा सम्मान

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । हाइकर्स क्लब, नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा…
  • नेपोन गण्डकीमा सत्यराज

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) गण्डकीको छैटौं वार्षिक साधारण सभा तथा दोस्रो…
  • दिगो ग्रामीण आमा समूह सभा

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण–१, भारतीडाँडा टोलस्थित दिगो ग्रामीण (महिला) आमा समूहको आठौं वार्षिक साधारणसभा भएको छ । सभा उद्घाटन गर्दै…

hero news full width

trending post

ट्रेन्डिङ्ग