छतबाट हामफालेका युवकमा कोरोना नेगेटिभ

आदर्श समाज सम्वाददाता
जेठ १, २०७७
swab

पोखरा, १ जेठ । क्वारेन्टाइनमा राख्ने डरले घरको छतबाट हाम फालेका युवकको कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

भारतको कर्नाटकदेखि १२ दिन लगाएर मंगलबार पोखरा आइपुगेका २३ वर्षीय अभिषेक बस्नेतलाई क्वारेन्टाइनमा राख्न प्रहरी र स्थानीय जनप्रतिनिधि लिन आउँदा घरको छतबाट हामफालेर भाग्न खोजेका थिए । २३ वर्षका ती युवकको कोरोना संक्रमण नभएको पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ल्यावमा कोरोना जाच्न स्वाब निकालिएको थियो ।

सोलुखुम्बुका उनी पोखरा महानगरपालिका वडा नं ८ मा बस्दै आएका बाबुआमाको डेरामा मंगलबार आएका थिए । उनी करिब ३ महिनाअघि भारतको कर्नाटक क्षेत्रमा कामका लागि गएका थिए । उनी भारतबाट पोखरा आएको खबरसँगै त्रसित बनेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बस्नेत रोजगारीका लागि तीन महिना अघि भारत पुगेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width