एक बालिकासहित सात जनामा कोरोना सङ्क्रमण, संक्रमित संख्या २५० पुग्याे   

रासस
जेठ १, २०७७
covid 19 corona banner

काठमाडौँ, १ जेठ । नेपालमा सात जना कोरोना सङ्क्रमित थपिएका छन् । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना सङ्क्रमित थपिएका हुन् । यो सँगै सङ्क्रमितको सङ्ख्या २५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण क्रममा बिहीबार नयाँ सात जनामा सङ्क्रमण देखिएको बताउनुभयो।

सङ्क्रमित देखिएका व्यक्ति काठमाडौँ चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुष, कपिलवस्तुका छ वर्षीया बालिका, सर्लाही धान्कोल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, धनुषाकै मिथिला नगरपालिकाका २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिकाका १६ वर्षीय पुरुष, महोत्तरीकै बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको प्रवक्ता डा अधिकारीले बताउनुभयो ।

आज देखिएका सङ्क्रमितहरुमा एक बालिकासहित दुई महिला र पाँच पुरुष छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width