मानव धर्म सेवा समितिलाई सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७७
unnamed (1)

पोखरा । लकडाउनमा विपन्न तथा मजदुरहरुलाई दैनिक भोजन प्रदान गर्दै आएको मानव धर्म सेवा समिति कास्कीलाई नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका २७ उपशाखाले खाद्यान्न सहयोग गरेको छ ।

नेपाल मानव धर्म सेवा समिति कास्कीका अध्यक्ष साधुराम सिग्देललाई खाद्यान्न सहयोग हस्तान्तरण गर्दै पोखरा महानगरपालिकाका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले मानवीय सेवा रेडक्रसको मूल मर्म भएकाले रेडक्रसकर्मीहरु मानवीय पीडा कम गर्न लागिपरेकामा उनीहरुको कार्यको सराहना गरेका थिए ।

उपशाखाका सल्लाहकार राजेन्द्रमणि लामीछाने,सभापति खगेन्द्रराज आचार्य,आश्रमकी गण्डकी प्रदेशका महात्मा पीताम्बर बाईजी, उपशाखाका निवर्तमान सभापति हिरामणि सुवेदी, उपशाखाका सचिव तिलकशाली सापकोटा, कोषाध्यक्ष सिर्जना लामिछाने ,सदस्य शिवमोहन अधिकारी लगायतको उपस्थितिमा १० बोरम धामल र १ कार्टुन तेल सहयोग गरिएको हो ।
विपन्न तथा मजदुरलाई पोखरा ११ रानीपौवा र लेखनाथको सुन्दरीबजार बानियापाखा पोखरा २६ बाट सोमवारमात्रै १०० बढीलाई निशुल्क भोजन उपलब्ध गराएको नेपाल मानव धर्म सेवा समितिले बैशाख १५ देखि संचालन गरिएको भोजन कार्यक्रम जेठ २ गते सम्म निरन्तर रहने जनाएको छ ।यसका लागि दैनिक २० जनाले स्वयंसेवकको रुपमा सहयोग गर्दै आएका छन् ।

खाना हरेक दिन विहान १० वजे देखि १२ वजेसम्म उपलब्ध गराई राखिएको पनि उनले बताए । सो सामाजिक सेवाको काममा संस्थाका सदस्य एवं सहयोगी मन भएका संघसंस्था तथा व्यक्तिहरुले खाद्यान्न सामग्री उपलब्ध गराउदै आएका छन् ।नेपाल रेडक्रस सोसाइटी पोखरा २७ उपशाखाले सोमवार नै पोखरा २७ का ८ विपन्न परिवारलाई पनि चामल, तेल दाल लगायतको राहत वितरण गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • बयानपछि लामिछानेलाई परिवारको जिम्मा

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले बिहीबार उपस्थित हुने शर्तमा…
  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…

hero news full width