भारतबाट हिडेका युवक पोखरा छिरेपछि खैलाबैला

प्रकाश ढकाल
वैशाख ३०, २०७७
rdt

पोखरा । भारतबाट मंगलबार मात्रै पोखरा आईपुगेका एक युवकको कोरोना नेगेटिभ देखिएको छ। द्रुत परीक्षण गर्दा उनको कोरोना नेगेटिभ देखिएको हो । तर थप पुष्टीका लागि पिसिआर परीक्षण हुँदैछ।

‘आरडिटी नेगेटिभ आएको छ । पिसिआर टेष्टका लागि ल्यावमा स्वाब पठाईएको छ,’ गण्डकीका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले भने, ‘पिसिआर टेष्टको रिजल्ट भोलि मात्रै आउँछ ।’ उनलाई अहिले क्वारेन्टाइनमा राखिएको छ।

‘आउने वित्तिकै घरमा पुगेछन् । छिमेकीले होहल्ला गर्न थालेपछि हामी पुगेर अस्पताल लगिएको हो,’ वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले भने, ‘एम्बुलेन्स मै हालेर क्वारेन्टाइन लगेर छोडिएको छ । अहिले समस्या छैन ।’ युवकको अवस्था सामान्य छ।

प्रहरी र जनप्रतिनिधि पुगेपछि उनी घरको छतबाटै हामफालेर भाग्न लागेका थिए । तर पछि समातेर अस्पताल लगिएको हो । मे १ तारिखमा बैंग्लोरबाट निस्किएका उनी विभिन्न गाडी फेर्दै पोखरा आईपुगेका हुन् । ‘आउन त ट्रकमै आएको हो। हैदराबादका पुलिसहरुले नै गाडी चढाएर पठाईदिए,’ उनी भन्छन्, ‘नेपाल छिर्ने बेला ड्राइभरलाई ५ सय दिएको सजिलै छिराईदियो । मुग्लिनसम्म त्यही गाडीमा आएँ । त्यसपछि मुग्लीनबाट अर्को गाडी चढेर आएको हो ।’

विभिन्न ठाउँमा स्वास्थ्य परीक्षण गर्दै आएको उनले सुनाए ।

Related News

सम्बन्धित समाचार

  • आहारारा सफल पार्न संघसंस्थासँग छलफल

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहारा क्लब पोखराले खेलसम्बद्ध विभिन्न संघसंस्थासँग…
  • खेलकुद पत्रकार मञ्चको पदस्थापन

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नवनिर्वाचित कार्यसमितिको शनिबार पदस्थापन भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको…
  • मेलामा सूचना प्रविधिको ज्ञान

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सूचना प्रविधिबारे नयाँ…
  • डिज्नील्याण्ड एकेडेमीको सप्ताहव्यापी खेलकुद

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । पोखरा मासबारस्थित डिज्नील्याण्ड एकेडेमीले सर्वाङ्गीण विकासका लागि खेलकुद भन्ने मूल नाराका साथ सप्ताहव्यापी खेलकुद कार्यक्रम गरेको छ ।…
  • दलित पत्रकार संघ गण्डकीमा पूर्ण

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    लेखनाथ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन पर्यटकीय क्षेत्र बन्दीपुरमा सम्पन्न भएको छ । अधिवेशनले आगामी…

hero news full width