नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण

एजेन्सी
वैशाख ३०, २०७७
f78005d5ec8ac1453e834a6915cb5b3c_w1000_h500_cp

काठमाण्डौ, ३० वैशाख । कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरी मंगलबार एकैचोटी ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका सबै ५७ जना पुरुष हुन् । जसमध्ये कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहीका ९, पर्साका ३९ र बारा जिल्लाका १ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। सोमबार पनि एकैदिन २४ जनामा संक्रमण पुष्टि भएको थियो। योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width