गोरखा, २९ बैशाख । प्रगतिशील इन्जिनियर संगठन नेपाल (पिन) गोरखा र नेपाल इन्जिनियर एशोसियसन (एनइए) ले सोमवार एक कार्यक्रमका बीच गोरखा जिल्ला अस्पताललाई खुट्टाको प्रयोग गरेर हात धुन मेसिन प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला इञ्चार्ज कृष्ण धितालले गण्डकी प्रदेशका इन्जिनियरहरुको यो प्रविधिलाई सबैतिर प्रयोगमा ल्याइ सजिलै हात धुने सुविधा लिन आग्रह गरे । अस्पतालको इर्मरजेन्सी वार्ड अगाडि राखिएको उक्त मेसिनमा बायाँ गोडाले थिच्दा सेम्पु र दाया गोडाले थिच्दा पानी निस्कन्छ । गोडाको प्रयोग गरि सजिलै हात धुन सकिन्छ ।
एनइएका गण्डकी प्रदेश अध्यक्ष विकास वाग्लेका अनुसार पिनले प्रदेशका प्रत्येक जिल्लामा सेवामुलक कार्य गर्दै आइरहेको छ । तनहुँमा रक्त संकलन, स्याङ्जा, लमजुङ जिल्लामा मेसिन हस्तान्तरण गरिएको उनले बताए । प्रदेश भित्र रहेका इन्जिनियरहरुसँग केही सहयोग लिएर प्रविधि हस्तान्तरण गरेको उनको भनाई थियो । दुईसय लिटरको पानी ट्यांकी राखेर हातधुने यन्त्र बनाउँदा ३० हजार खर्च भएको प्रदेश सदस्य साधुराम लामिछानेले बताए ।
हातधुुने मेसिनसँगै इन्जिनियरहरुले ३० हजार मुल्य बराबरको स्वास्थ्य सामग्री समेत आजै अस्पताललाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष, सदस्यहरु, मेडिकल सुपरिटेन्डेन्ट, अस्पतालका डाक्टर लगायतको सहभागिता रहेको थियो । गोरखा अस्पताल विकास समितिका अध्यक्ष पुरुषोत्तम अर्यालले यो प्रविधि सबै विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालयहरुमा पुर्याउनुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
देवघाटमा मकर काव्य यामिनी
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
प्राडा पाठकको पदभार
नागीधार महोत्सव तयारी पूरा
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१