नवलपुरमा लकडाउन खुकुलो

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७७
Dam-01

कावासोती, २९ वैशाख । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले आइतबार एक सूचना जारी गरी नवलपुरमा लकडाउन केही खुकुलो बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले जारी गरेको सूचना अनुसार जिल्लामा कृषि तथा पशुजन्य सेवा तथा सामग्री, स्वास्थ्य सम्बन्धी सेवा तथा सामग्री एवम् जनशिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक बिक्रीको अनुमति लिएका पुस्तक पसलहरुले प्रयोग गर्ने ढुवानीका साधनहरु, खाद्यान्न, फलफूल, तरकारी, पानी, दुध, ग्याँस, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थहरु र तयारी मालवस्तु, विकास आयोजनामा प्रयोग हुने उपकरणहरु लाने ल्याउने कार्य र निर्माण सामग्रीहरु बोकेका ढुवानीका साधनहरु एवम् एम्बुलेन्स सञ्चालन गर्दा सवारी पास आवश्यक नपर्ने उल्लेख गरिएको छ ।

तर त्यस्ता सवारी साधनले प्रवेश गर्दा वा जिल्ला भर ढुवानी सेवा प्रदान गर्दा उक्त सेवा प्रदान गर्ने संस्था वा व्यक्तिको खर्चमा सेवा सञ्चालनमा प्रयोग हुने सवारी साधनहरुलाई निसंक्रमित गरी निसंक्रमित गर्ने सेवा प्रदायकले जारी निस्सा माग भएको वखत सुरक्षाकर्मीलाई उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ ।त्यसैगरी अत्याश्यक पर्ने सरकारी कार्यालयले सेवा सञ्चालन गर्दा १ तिहाई मात्र कर्मचारी राखेर सञ्चालन गर्नु पर्ने र सो अवधिमा कुन कर्मचारी कति समय देखि कति समय कार्यालयमा रहेन सोही अनुसारको पास सम्बन्धित कार्यालय प्रमुखले उपलब्ध गराउन प्रशासनले निर्देशन गरेको छ ।

त्यसैगरी विकास आयोजना र उद्योगहरुले कर्मचारी तथा मजदुरहरुलाई एकै स्थानमा आवास, खानाको व्यवस्था सहित उद्योग तथा विकास आयोजना सञ्चालन गर्नु पर्ने, उद्योग तथा कार्य स्थलदेखि आवाससँग सुरक्षित रुपमा लैजानु पर्ने र नियमित रुपमा उनीहरुको स्वास्थ्य चेकअप गराउनु पर्ने उल्लेख गरिएको छ ।विकास आयोजना सम्बन्धी कार्यसञ्चालन गर्दा बढीमा १० जना र सवारी सधान मर्मत गर्ने वर्कसप, इन्टेरनेट जडान र मर्मत, प्लम्बिङ्ग तथा इलेक्ट्रिकल सेवा र पेट्रोल पम्प सञ्चालन गर्दा बढीमा ५ जना मात्र राखेर सञ्चालन गर्न पाउने प्रशासनको सूचनामा उल्लेख गरिएको छ ।त्यसैगरी विकास निर्माणका लागि आवश्यक पर्ने गिटी, बालुवा, ढुंगा, क्रसर जस्ता सामग्री ढुवानी गर्दा राति ८ बजेदेखि ११ बजेसम्म मात्र ढुवानी गर्न पाउने उल्लेख गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width