कोरोना भनेर पर्खिने पक्षमा छैनौं–मन्त्री ज्ञवाली

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७७
Pradeep_gyawali

पोखरा, २९ वैशाख । परराष्ट्रट मन्त्री प्रदीप ज्ञवालीले नेपालको भूमि मिचेर भारतले सडक बनाएका विषयमा कोरोना महामारीको बहानामा सरकार पर्खिने पक्षमा नरहेको बताएका छन् ।

सोमबार बिहान आयोजित प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय विदेश मन्त्रालयका प्रवक्ताले यस विषयमा कोरोना महामारीको अन्त्यपछि मात्रै वार्ता गर्न आग्रह गरेको जानकारी गराउँदै आफूहरू त्यसरी पर्खन नसक्ने बताएका हुन्।

भारतसँग तत्काल वार्ता गर्न चाहेका छौ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने– अहिले हामीसँग दुई देशबीच वार्ताका लागि सचिवस्तरको संयन्त्र छ, यसैबाट समस्या समाधा भयो भने ठीकै छ,, ‘यदि यसबाट पनि भएन भने परराष्ट्रमन्त्रीस्तरको गरौं, त्यो बाट भएन भने उच्च राजनीतिक तहको वार्ता गर्न पनि हामी तयार छौं।

बैठकमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा तयार भइसकेको तर दुई देशबीच वार्ता हुने भनिएको भएर केही समय पर्खेको बताइन्। दुई देशबीच वार्ता भएर सीमाका विषयमा सहमति भइसकेपछि आफूहरू नक्सा जारी गर्न तयार रहेको उनले बताइन्।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width