महानगरको प्रस्तावः अब आफ्नै बैंक

प्रकाश ढकाल
वैशाख २८, २०७७
pokhara office photo

पोेखरा । पोखरा महानगरपालिकाले आफ्नै बैंक चलाउने तयारी थालेको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमबाट पारित गर्ने गरी बैंक सञ्चालनको प्रस्ताव अघि सारिएको हो।

शुक्रबार र शनिबारको कार्यपालिका बैठकमा यसबारे सामान्य छलफल भैसकेको छ। राष्ट्रबैंकले नयाँ बैंक स्थापना गर्न कम्तिमा ४ अर्व शेयर आवश्यक हुने मापदण्ड बनाएको छ। सोही मापदण्डलाई टेकेर बैंक खोल्ने तयारी गरिएको हो। यसमा महानगरले २ अर्व र बाँकी २ अर्व नगरबासीसँग शेयर संकलन गरिनेछ।

‘सम्भाब्यता अध्ययन भैरहेको छ। त्यो सफल भयो भने आगामी बर्षभित्र खोल्ने तयारी छ। त्यसैका लागि आवश्यक छलफलमा जुटेका छौं,’ शहरी योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले भने। यसको सम्भाब्यता अध्ययन गर्ने जिम्मा आयोगले लिएको छ।

नगरपालिकाले ब्यवस्थित योजना छनौट गर्न र नगरपालिकालाई सही गन्तब्य देखाउनका लागि लकडाउन अघि नै आयोग गठन गरेको थियो। बैंकसँगै आफ्नै पब्लिक लिमिटेड कम्पनी पनि स्थापनाको छलफल सुरु भएको छ।

‘रोजगारीकै लागि आफ्ना नगरबासी नगरपालिका छोडेर बाहिर जान नपरोस् भन्ने कन्सेप्टले यो प्रश्ताव अघि सारिएको हो,’ उनले अघि भने, ‘छलफल गर्दैमा लागू भैहाल्ने भन्ने पनि होईन । तर गहन ढंगले काम भैरहेको छ।’ कम्पनीमा १ अर्व लगानी हुनेछ। यस्तै वडा तहमा पनि बैंकलाई विस्तार गर्ने योजना छ। प्रत्येक वडामा ५० करोड लगानी हुने गरी विस्तार गरिने बताईएको  ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width