लकडाउनमा समाजसेवी केसीद्वारा मानव सेवा आश्रमलाई डेढ लाख सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७७
KC

पोखरा, २७ वैशाख । प्रतिनिधिसभाका सदस्य एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसी र धर्मपत्नी प्रेमकुमारी केसीले मानव सेवा आश्रम, पोखरालाई एक लाख ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन्।

विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण कारण नेपालमा समेत यतिखेर लकडाउन जारी रहेकोमा समाजसेवी एवं उद्योगपति समेत रहेका केसीले संस्थाका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनालाई शनिबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । उनले यसअघि पनि आश्रमलाई ३ लाख रुपैयाँ सहयोग गरिसकेका छन्।

विपतमा दुःखी गरीबलाई सहयोग गर्नु आफैमा पुण्य कर्म भएकोले लकडाउनमा पनि सानो भए पनि सहयोग गरिएको केसीले बताए । मानसिक सन्तुलन गुमाएका, सडक पेटीमा बस्नेहरु, परिवारबाट अपहेलित तथा असहायहरुको निम्ति आश्रयस्थल बन्दै आएको मानव सेवा आश्रमले पोखराको छोरेपाटनमा २ वर्षअघि शाखा संचालन गरेको हो।

आश्रमले हालै हेमजामा पनि शाखा संचालन गरेको छ । दुवै शाखामा १ सय ११ जना आश्रित छन् । आश्रम संचालनपछि पोखरा क्षेत्रका ३ सय जनालाई सडकबाट उद्धार गरिएकोमा तीमध्ये १ सय २५ जनालाई पारिवारिक पुनर्मिलन गराउन सफल भएको आश्रमका गण्डकी प्रदेश संयोजक तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार लकडाउनकै समयमा ९ जना मानिसलाई उद्धार गरी आश्रम लगिएको थियो । तिमिल्सिनाका अनुसार लकडाउनको बेलामा पोखरा महानगरपालिकाले २५ बोरा चामल सहयोग गरेको थियो भने सर्वसाधारणबाट जिन्सी एवं नगद गरी डेढ लाख बराबरको सहयोग आएको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width