नेपालमा १०२ जना कोरोना संक्रमित

एजेन्सी
वैशाख २६, २०७७
f78005d5ec8ac1453e834a6915cb5b3c_w1000_h500_cp

काठमाण्डौ, २६ वैशाख । नेपालमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित मुलुकमा संक्रमितको संख्या १०२ पुगेको छ। जसमा पुरुषको संख्या ७४ छ भने २८ जना महिला रहेको मन्त्रालयले जनाएको छ । प्रदेश नम्वर एकमा ३१, प्रदेश दुईमा ३०, बागमतीमा ७, गण्डकीमा २, प्रदेश पाँचमा २७, सुदुर पश्चिममा ५ जना संक्रमित छन्। कर्णाली प्रदेशमा भने अहिलेसम्म संक्रिमत देखिएका छैनन्।

उपचाररत सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमण भएका ३० जना निको भएका छन्। जसमध्ये तीन जनामा पुनः कोरोना पोजेटिभ देखिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width