पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना अस्पताल नबनाऔं – कास्की काँग्रेस

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७७
Gandaki-Hospital

पोखरा, २६ वैशाख । नेपाली काँग्रेस कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई कोरोना उपचार अस्पताल नबनाउन आग्रह गरेको छ ।

सर्वसाधारण जनताले सर्वसुलभ रुपमा स्वास्थ्य उपचार सेवा पाउने अस्पताललाई कोरोना अस्पताल बनाउने योजना अव्यवहारिक भएको भन्दै अन्य विकल्प खोज्न माग गरेको हो ।
‘यो अस्पताललाई कोरोना अस्पताल बनाउँदा सर्वसाधारण र अन्य बिरामीको उपचारमा ठूलो समस्या आउँछ, तसर्थ अन्य विकल्प खोजौं विज्ञप्तिमा भनिएको छ, सर्वसाधारण नागरिकलाई सर्वसुलभ स्वास्थ्य उपचार सेवाबाट बञ्चित नगरौं।’

विज्ञप्तिमा सो अस्पताललाई कोरोना अस्पताल बनाउँदा वार्षिक रुपमा ओपीडी सेवा लिदै आएका करीब तीन लाख नागरिक नराम्ररी प्रभावित हुने उल्लेख छ ।विज्ञप्तिमा दैनिक रुपमा २० देखि २५ जनाको सुत्केरी, मासिक एक हजार दुई सय जना एचआईभी संक्रमितको उपचार, हप्तामा एक सय १० जनाको डायलासिस, दैनिक करीब दुई सय जनाले इमर्जेसी उपचार सेवा र दैनिक पाँच सयले प्रयोगशाला सम्बन्धी सेवा लिने अस्पताललाई कोरोना अस्पताल बनाउन नहुने उल्लेख छ ।

विज्ञप्तिमा करीब तीन सय कर्मचारीको रोजगारीमा समेत खेलवाड नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ । विज्ञप्तिमा सरकारले अझै पनि स्वास्थ्यकर्मीका लागि आवश्यक पिपिई उपलब्ध गराउन नसकेको भन्दै तत्काल स्वास्थ्यकर्मीका लागि पिपिई व्यवस्था गर्न र कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छ । विज्ञप्तिमा सरकारले राहत वितरणमा एकद्वार प्रणाली अपनाएका कारण आवश्यक वर्गको पहुँचमा राहत पुग्न नसकेको जनाइएको छ । ‘एकद्वार प्रणालीबाट गर्दा जनताले राहत पाएनन् विज्ञप्तिमा भनिएको छ, जनतालाई छिटो छरितो राहत उपलब्ध गराउन राहत वितरण गर्न चाहने व्यक्ति तथा संघसंस्थालाई नरोकौं ।’ विज्ञप्तिमा सर्वसुलभ रुपमा कृषकलाई बीउविजन र मल उपलब्ध गराउन पनि माग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width