जर्मनीमा पसलहरु र विद्यालयहरु खोल्ने तयारी

रासस
वैशाख २४, २०७७
jarmani-tailor-side

बर्लिन, २४ वैशाख । कोरोनाभाइरसका कारण अस्तव्यस्त बनेको जनजीवनलाई सामान्य तुल्याउन जर्मनीमा यो महिनाभर विभिन्न कार्यहरु अघि बढाइने भएको छ । केही हप्तासम्म लकडाउन भएसँगै देशभरका व्यवसाय र विद्यालयहरु बन्द रहेका छन् ।

सरकारले यसै महिनाभित्र पसल र विद्यालय खोल्ने कार्ययोजना तयार पारेको छ । गत अप्रिल २० बाट गरिएको आंशिक लकडाउन निकै प्रभावकारी भएको र नयाँ संक्रमणका घटनाहरु निरन्तर घट्दै गएको भन्दै सरकारले तयार पारेको एक प्रतिवेदनमा अब देशका व्यवसाय र विद्यालयहरु खोल्ने रणनीति बनाइने उल्लेख छ ।

परीक्षाको तयारीमा रहेका बालबालिकाका लागि विद्यालयहरु हाल संचालनमा आइसकेका छन् । तर शिशु कक्षा र प्राथमिक विद्यालयहरु अर्को हप्ताबाट खुल्नेछन् । जर्मन चान्सलर एन्जेला मर्केल र जर्मनीका १६ वटा संघीय राज्यका प्रमुखहरुले बुधबार विद्यालय र व्यवसाय खोल्ने सम्बन्धी एक दस्तावेजमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ ।

विश्वविद्यालयहरु खोल्ने विषयमा भने सम्बन्धित राज्यले निर्णय गर्नेछन् । सबैजसो राजनीतिज्ञहरुले सबैजसो पसल व्यवसाय खोल्न सकिने तर सरसफाइ, प्रवेश र सामाजिक दूरीजस्ता विषयलाई प्रमुख रुपमा ध्यान दिन आग्रह गरेका छन् । हालसम्म पसलको जमिनको सतह ८०० वर्गमिटर (८ हजार ६०० वर्गफिट) सम्म रहेका पसलहरु मात्र खोल्न अनुमति दिइएको छ ।

रेष्टुराँहरु आगामी मे ९ बाट खोल्न सकिने तर त्यसको निर्णय गर्ने अधिकार राज्यहरुलाई दिइएको छ । यदि सात दिनभित्र प्रति एक लाख जनसंख्यामा ५० जनाभन्दा बढी नयाँ संक्रमित व्यक्ति भेटिए सम्बन्धित नगर वा जिल्लामा लकडाउन गरिने छ ।

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च आयोजनामा आगामी ३ फागुनमा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र पारिएको छ ।…
  • अली मियाँको स्मृतिमा फुटबल

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । लोक कवि अली मियाँको स्मृतिमा चौंथो खुला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम…
  • विद्यार्थीलाई यौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    नवलपुुर । नवलपुरको कावासोतीमा विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय…
  • पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पुम्दीकोट कोट विकास समितिको आयोजनामा आगामी ९ देखि १५ फागुनसम्म पोखरा–२२, पुम्दीकोटमा शिव महापुराण ज्ञानमहायज्ञ एवं पुम्दीकोट धार्मिक…
  • बयानपछि लामिछानेलाई परिवारको जिम्मा

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले बिहीबार उपस्थित हुने शर्तमा…

hero news full width