काठमाण्डौ, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले महामारीविरुद्धको संघर्षमा सरकारको वेवास्ता रहेको आरोप लगाएका छन्।
सरकार सत्ताको लेनदेन र भागबण्डामा ब्यस्त रहँदा, पार्टी अध्यक्षको टेबल र रातो कपडा प्राथमिकतामा परेको, कोरोना प्रकोप र आर्थिक संकटको मुद्दा ओझेलमा परेको राणाले आरोप लगाएका हुन् । सत्तारूढ नेकपा भित्रको सत्तासंघर्षका कारण जनता सरकारप्रति विश्वस्त रहन सकेका छैनन्, उनले भने भने, ‘महामारी, आर्थिक संकटसँग जुध्न सरकारलाई समय कहिले मिल्ने हो ? बन्दाबन्दीको समय ढेड महिना बितिसक्दा पनि सरकारले अत्यावश्यक चाँजोपाँजो मिलाउन नसकेको राणाको टिप्पणी छ।
स्वास्थ्य उपकरण, स्वास्थ्य परीक्षण, क्वारेन्टिन व्यवस्थामा अभाव कायम रहेको भन्दै सरकारको स्वास्थ्य रणनीति अन्योलग्रस्त रहेको उनले ट्विट गर्दै बताए। ‘बन्दाबन्दी ४४ दिन भयो, यसबीच क्वारेन्टिन सुविधा, स्वास्थ्य उपकरणको उपलब्धता ब्यवस्थित हुनुपर्ने हो। स्वास्थ्य परीक्षण ब्यापक बन्नुपर्ने हो। विदेशमा रहेका नेपाली फिर्ता ल्याउन स्पष्ट खाका तय भइसक्नु पर्ने हो,’ राणाले भने, ‘तर महामारी विरुद्धको हाम्रो संघर्ष नेतृत्वविहीन छ,।’
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१