बुटवल । जनचेतनाको कमीका कारण अझै पनि जंगली विषालु च्याउ खाएर ज्यान जानेक्रम रोकिएको छैन । यस्तै खालको जंगली च्याउ खाँदा अर्घाखाचीमा दुई दिनको अन्तरमा दुईजनाको ज्यान गएको छ। उनिहरु आमा छोरी हुन्।
जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा आमा छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ।
जंगली च्याउ पकाएर खाएका परिवारका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको आईतवार मृत्यु भएको थियो । उनको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको हो । त्यस्तै च्याउ सेवनपछि गंभिर अवस्थामा उपचार गरिरहेकी उनकै छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा सोमबार राती मृत्यु भएको मृतकका मामा हुम बहादुर रायमाझीले बताए । उनि ७ बर्षकी थिईन्।
त्यसरी संगै च्याउ खाएका सासु लालसरी महत्रा र देउरानी लक्ष्मी महत्रा बिरामी छन् । दुवै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका अघांखाचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए।
च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधी खरिद गरी सेवन गरेका थिए। समस्या झन् बढेपछि मात्र उनीहरुलाई अर्घाखाँची अस्पताल पुर्याइएको हो । समस्या जटिल देखिएपछी बुटवल रिफर गरिएकोमा दुई जनाको मृत्यु भएको छ भने दुई जनाको उपचार भईरहेको प्रहरीले बताएको छ।
Related News
सम्बन्धित समाचार
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
बस दुर्घटनामा ४ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१