होटल मजदुरलाई चैत्रसम्मको तलब दिन निर्देशन

एजेन्सी
वैशाख २३, २०७७
hotel-shanker-garden-view

काठमाण्डौ, २३ वैशाख । सरकारले श्रमिकहरुको चैत मसान्तसम्मको तबल तल्काल दिन रोजगारदाताहरुलाई निर्देशन दिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार बिज्ञप्ति प्रकाशित गरी होटल क्षेत्रका मजदुरले पारिश्रमिक नपाएकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै चैतसम्मको पारिश्रमिक दिन निर्देशन दिएको हो।

मन्त्रालयका सचिवको अध्यक्षतामा होटल एशोसियसन नेपाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका पदाधिकारीहरुको बैठकले २०७६ चैतसम्मको श्रमिकहरुले पाउनुपर्ने तलब तथा पारिश्रमिक तत्काल दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।

‘निर्णय बमोजिम तत्काल फरफारक गर्ने व्यवस्था सम्बन्धित होटल व्यवसायले मिलाउने तथा उक्त कार्यको सहजीकरण होटल एशोसियसन नेपाल एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले गर्ने र सोको अनुगमन श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम तथा रोजगार कार्यालयहरूले गर्ने निर्णय’ भएको म रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह प्रवक्ता सुमन घिमिरेले जानकारी दिए।

यसका साथै कोभिड–१९ को कारणले होटल क्षेत्रका चासो र सरोकारका विषय तथा यसबाट होटल व्यवसायमा परेको प्रभाव र समाधानका उपायहरू पहिचान गर्न आगामी दिनमा पनि सरकार, रोजगारदाता र श्रमिकबीचको सम्वादलाई निरन्तरता दिने निर्णय गरिएको छ।

साथै मन्त्रिपरिषद्को मिति २०७७।१।१४ को निर्णयानुसार उद्योग व्यवसायीलाई प्रदान भएको आर्थिक सुविधाको सदुपयोग हुन तथा मानवीय पक्ष समेत बिचार गरी पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाउन समेत मन्त्रालयबाट सबै पक्षलाई अनुरोध गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा ।  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले वेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य रुपमा अघि बढाउनुपर्नेमा…
  • कानुन निर्माणका लागि सरोकारवालाबीच अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    स्याङ्जा । गुणस्तरीय बस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमनसम्बन्धी आवश्यक ऐन, कानुन निर्माणका लागि सुझाव संकलन गर्ने उद्देश्यले स्याङ्जा…
  • हाइकर्स क्लब टोली कालाबाङ घरेडीमा

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाइकिङ भाग ४६ को अवसरमा कालाबाङ घरेडी सामुदायिक होमस्टेको प्रवद्र्धन गरेको छ ।…
  • ‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    गण्डकी । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै…
  • होमस्टे महासंघको प्रशिक्षक प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय होम स्टे महासंघ आयोजनामा सातदिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा उद्योग, पर्यटन,…

hero news full width