मस्जिदमा भीड हुन नदिन अनुगमन एवं निरीक्षण

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७७
Madjd

स्याङ्जा । मुस्लिम समुदायमा रमजान सुरु भएको आज दशौं दिन हो । इस्लाम धर्म अनुसार यो महिनाभर नुवाई धुवाई, सफासुग्घर भएर मुसलमानहरु मस्जिदमा गएर सामुहिक नमाज पढ्ने, अंकमाल र हातेमालो गर्दै एक आपसमा खुशीयाली साट्ने प्रचलन हो । तर, अहिले कोरोना भाइरसका कारण यो समुदायले घरमै बसेर नमाज पढ्न वाध्य छन् ।

मुस्लिम समुदायक घर घरमै बसेर नमाज पढीरहेका छन् । आफनो धर्म र संस्कारप्रति कट्टर मुस्लिम समुदाय कहीं कतै मस्जिदमा पस्छन कि भन्दै अनुगमन समेत हुने गरेको छ । कही कोही मस्जिदमा पुग्छन कि भन्दै मुस्लिम अगुवाले निरीक्षण बढाएका हुन । अज्ञानताबस भित्र नपुगुन र भीडभाड नहोस भन्ने भन्ने पनि उनीहरुको चाहना हो । समुदायमै पुगेर मस्जिदमा नगई घरमै नमाज र कुरान पढ्नका लागि सूचित गराएको जनाएका छन् । लकडाउनसंगै मस्जिद र मदर्शा पनि सबै बन्द छन् ।

कोरोनाका कारण सिर्जित लकडाउनलाई प्रभावित हुन नदिने उदेश्यले राष्ट्रिय मुस्लिम आयोगले जिल्लामा अनुगमन समिति मनोनयन गरेर पठाएको छ । स्याङजाका लागि शाह मोहम्मद, अनुवर अली, इस्लाम मिया, नासिर खान र हाजी जब्बर मिया रहेका छन । उनीहरुले स्याङजाका १० वटै मस्जिद तथा मर्दसाको अनुगमन गर्नेछन् ।

आयोगका अध्यक्ष सामिम मिया अन्सारीले जिल्लामा लकडाउनलाई प्रभाव पर्न नदिनेगरी मस्जिद तथा मर्दसाको अनुगमन गर्नेभनी ५ जनालाई सदस्यमा मनोनयनगरी पठाएका हुन । मस्जिदमा ५ जनाभन्दा बढी आउन नदिएको शाह महम्मदले बताए । उनका अनुसार ‘एकजना इमाम (धर्मगुरु), सहायक इमाम, सम्बन्धित मस्जिद संरक्षक एवं अध्यक्ष, एक नियमित नमाज पढ्ने ब्यक्ति र सरसफाई गर्ने ब्यक्ति मात्र मस्जिदमा रहन पाउछन । त्यो भन्दा बढी बस्न दिदैनौं ।’

अहिले हिजरी संवत १४४१ हो । रमजानको महीनामा मुस्लिमहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको धार्मिक मान्यता छ । दिनको ५ पटक नमाज पढ्ने र दिनभर पानी पनि नखाई रोजा (ब्रत) बस्ने गर्दछन । साँझ रोजा तोडेपछि मात्र खान हुन्छ । रमजानमा महीनाभर रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । मुस्लिम समुदायले एक महिनाभर निराहार बस्दै पैगम्बरको स्मरण गर्दे नमाज कुरान पढ्ने गर्छन ।

स्याङजा सदरमुकाम, बाडखोला, गहते, जिङदी, राङखोला, बयरघारी, करुगें, मल्लो भीरकोट, वालिङ र गल्याङ लगायतका क्षेत्रमागरी जिल्लामा १० वटा मस्जिद सहित मदरर्सा रहेता पनि मुस्लिम समुदायले घर घरमै बसेर दिनको ५ पटक नमाज सहित कुरान पढ्ने गरेका छन । अनुगमन समितिले जिल्लाका सबै मस्जिद तथा मदरर्साहरुको अनुगमन एवं निरीक्षण गर्ने सदस्य अनुवर अलीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width