पोखरा २२, वैशाख । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले आफ्नो निर्वाचन क्षेत्र कास्की ३ (१) मा सार्वजनिक हितका योजनाहरुको अध्ययन अवलोकन गरेका छन् ।
कास्कीको माछापुच्छे् गाउँपालिकामा निर्माण भइरहेका भौतिक पूर्वाधारका योजनाहरुको आइतबार अनुगमन गर्दै प्रदेशसभा सदस्य बरालले लकडाउनको समयमा पनि विभिन्न भौतिक पूर्वाधार निर्माण कार्य अघि बढाएकोमा खुशी व्यक्त गर्दै निर्माण कार्य अघि बढाउन आवश्यक पर्ने सहयोग गर्ने बताएका छन्।
प्रदेश सरकारले लकडाउनमा विकास निर्माण अघि बढाउन मापदण्ड बनाएको उनले जानकारी दिए । लकडाउनको समयमा पनि केही योजनाहरु हाल जारी रहेको माछापुच्छे् गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले बताए । केही योजना लकडाउनमै सकिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जनाइन्।
लकडाउनको समयमा लुम्रे गोरेटोबाटो निर्माण, टारुवा सिँचाई योजनाको निर्माण कार्य ,केसवाङ सामूदायिक भवन निर्माण कार्य, टुटुङ्गा,ल्वाङ, कोलेली नयाँ सडक ट्रयाक खोल्ने काम समेत सम्पन्न भएको उपाध्यक्ष दवाडीले बताइन् ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१