रक्तदान कार्यक्रममा ९३ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७७
pean 1

पोखरा, २० बैशाख । प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) गण्डकी प्रदेशको आकस्मिक रक्तदान कार्यक्रममा ९३ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा कास्की अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद कृष्ण थापाले पहिलो रक्तदाता ई. अस्मिता तिवारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उद्दघाटन गरे।

शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म भएको रक्तदान कार्यक्रममा पिन केन्द्रिय सदस्य ई. टेकबहादुर कटुवाल, ने.ई.य. गण्डकी प्रदेश अध्यक्ष आ.ई. बाबुराम भण्डारी लगायत पिनका ईन्जिनियरहरुको उपस्थिति थियो । लकडाउनको समयमा पूर्वनिर्धारित रक्तदानका कार्यक्रमहरु नहुने भएपछि क्षेत्रीय रक्तसञ्चार केन्द्र रामघाट पोखराको विशेष अनुरोधमा आफुहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको संयोजक ई.सुदिप कोइरालाले जानकारी गराए।

‘क्षेत्रिय रक्तसञ्चार केन्द्रबाट रगतको अभाव भएको सुचना आएसँगै हामी रक्तदान कार्यक्रमका लागि तयार भएका हौ’, उनले भने । उसो त पिनले वार्षिकरुपमै रक्तदान कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ। सामाजिक दुरी कायम रहने गरी रक्तदान कार्यक्रम गरिएको ई.कोइरालाले बताए। पिनका अध्यक्ष ई.महेन्द्र गोदारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव ई. सुरेश तिमिल्सिनाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width