हिमपहिरोमा परी मृत्यु भएकाको शव पोखरामा

रासस
वैशाख २०, २०७७
Saujagya1

पोखरामा रहेको सेनाको सेकेण्ड रेञ्जर बटालियनले अन्नपूर्ण गाँउपालिका–११ हिङकु केभ इलाकामा शुक्रबार फेला पारेका दुई शव । गत माघ ३ गते उक्त क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएका ३ नेपाली गाइड तथा ४ कोरियन पर्यटकमध्ये २ जना नेपाली गाइड र ३ कोरियन पर्यटकको शव यसअघि फेला परिसकेको तथा फेला पर्न बाँकि एक नेपाली र एक कोरियन नागरिकको शव शुक्रबार फेला पारी शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । तस्वीर सौजन्यः नेपाली सेनाको मुख्यालय/रासस

नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त पहिरोमा हराएकामध्ये भेटिन बाँकी रहेको एक नेपाली र एक कोरियनको शव शुक्रबार फेला परेको हो ।

सङ्कलित शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । बेपत्ता व्यक्तिको खोज तथा उद्धारका लागि खटिएको सेनाको टोलीले यी दुईसहित तीन नेपाली पथप्रदर्शक र चार कोरियन पर्यटकको शव फेला पारेको हो ।

टोलीले हराएकामध्ये दुई नेपाली र तीन कोरियनको शव पहिले नै फेला पारेको थियो । नेपाली सेनाको पश्चिम पृतनाको समन्वयमा विशेष फौज बाहिनीअन्तर्गत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले शव सङ्कलन गरी ल्याएको उक्त निर्देशनालयले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width