ट्राभल्स् एण्ड टुर्सद्धारा कर्मचारीलाई राहत वितरण

विनिता सुनार
वैशाख १९, २०७७
95139089_2647380562174629_765721192031059968_n

पोखरा, बैशाख १९ । १३१ औँ अन्तराष्ट्रिय मजदुर दिवशको अवसरमा हेओरुम हिमालय तथा सियोल पोखरा ट्राभल्स एण्ड टुर्स प्रा.लिले आफ्ना कर्मचारीलाई राहत प्रदान गरेको छ ।

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण जिविकोपार्जनमा समस्या पर्ने गएको हुनाले सँस्थामा आबद्ध गाइड, पोर्टर, कार्यालय कर्मचारी तथा सहयोगीलाई शुक्रबार राहत सामाग्री वितरण गरिएको हो ।

सँस्थाले आफ्ना कर्मचारीलाई १ बोरा जिरा मसिनो चामल, फुलको तेल १ लिटर, ५ के.जी चक्की आटा, नुन १ पोका, चना २ केजी, रातो दाल २ केजी, मस्यौरा २ प्याकेट, साबुन (कपडा धुने १, नुहाउने १, भाडा माझने २) प्रदान गरेको हेओरुम हिमालय तथा सियोल ट्राभल्स एण्ड टुर्सका संचालक राजु सुवेदीले बताए ।

कोरोना भाइरसले विश्व नै आक्रांत पारेपछि काम विहिन भएका ३० कर्मचारीलाई हेओरुम हिमालय तथा सियोल ट्राभल्स एण्ड टुर्सको बजेटबाट राहत वितरण गरिएको संचालक सुवेदीले जानकारी दिए ।

कास्कीकोटमा बसोबास गर्ने सोभाखर सुवेदीले लकडाउनका कारण रोजगार नभएको परिस्थितिमा पाएको राहत जति भएपनि निकै खुसी भएको बताएका छन् । उनका पाँच जना परिवार छन् ।

४ जना परिवार भएका कुष्णहरि सुवेदीले बिगत ९ बर्षदेखि ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएका हुन् । यस्तो विपतको घडिमा पाएको राहतले आनन्द दिलाएको कृष्णहरिले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ६ का अध्यक्ष जगत बहादुर पहारी, पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष किसान सुनार, टानका अध्यक्ष हरि भुजेल, नाटाका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतद्धारा राहत वितरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • जनप्रियमा विएमटिएम स्पोर्टस् मिट

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्टस् मिट–२०२५ सुरु भएको छ ।…
  • हाइकर्स क्लबको साधारणसभामा सम्मान

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । हाइकर्स क्लब, नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा…
  • नेपोन गण्डकीमा सत्यराज

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) गण्डकीको छैटौं वार्षिक साधारण सभा तथा दोस्रो…
  • पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले करार कर्मचारी हटाउन गरेको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । महानगरको निर्णय कार्यान्वयनमा अदालतले अंकुश…
  • नारी स्रष्टा एक ठाउँ

    आदर्श समाज सम्वाददाता पौष २९, २०८१
    पोखरा । साहित्य, कला र संगीत त्रिवेणी पोखरेली युवा सांस्कृतिक परिवारले गुञ्जन नारी साहित्यिक संस्था, काठमाडौंलाई निम्तो दियो–नारी स्रष्टा विशेष…

hero news full width

trending post

ट्रेन्डिङ्ग