मुख्यमन्त्री गुरुङद्वारा श्रमिक दिवसको शुभकामना

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७७
Prithvi-Subba-Gurung

पाेखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मई दिवस/अन्तर्राष्ट्रिय श्रमिक दिवस–२०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीवहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका छन् ।

“सन् १८८६ मा अमेरिकाको शिकागो शहरमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने नारा सहित शुरु भएको मजदुर आन्दोलन मे एक तारिखवाट उत्कर्षमा पुगेपछि आन्दोलनकारी मजदुरहरुमाथि क्रुर दमन हुँदा सयौँ मजदुरहरुले ज्यान गुमाउनु परेको थियो । आन्दोलनको स्मरण र ज्यान गुमाउने मजदुरहरको सम्मानमा सन् १८९० देखि हरेक वर्ष अग्रेजी महिनाको मे एक तारिखलाई नेपाल लगायत विश्वका श्रमिकहरले महत्वपूर्ण पर्व स्वरुप श्रमिक दिवसका रुपमा मनाउन शुरु गरिएको पाइन्छ। हरेक युगान्तकारी परिवर्तनको आन्दोलनमा आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी श्रमिक वर्गले निर्वाह गर्दै आएको ऐतिहासिक भूमिकाको स्मरण गर्दै यस अवसरमा सम्पूर्ण श्रमिकहरुप्रति उच्च सम्मान प्रकट गर्दछु।” उनकाे शुभकामना सन्देश उल्लेख छ ।

शुभकामना सन्देश मार्फत उनले भनेका छन् – “नेपालको संविधानको मौलिक हक र कर्तव्यमा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यास, उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने, कानून वमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदावाजी गर्न पाउने हक हुने कुरा स्पष्ट व्यवस्था गरिएको छ । यो एउटा महत्वपूर्ण उपलव्धी हो र यसको कार्यान्वयनको प्रक्रिया पनि शुरु भएको छ । यसको थप प्रभावकारी कार्यान्वयनका लागि अझ एकमतका साथ लाग्नु आजको आवश्यकता रहेको कुरामा यस अवसरमा जोड दिन चाहन्छु ।”

समृद्ध नेपालःसुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने मूख्य संवाहक शक्ति भनेका श्रमिक वर्ग नै भएकोले श्रम र श्रमिकप्रति सम्मान गर्दै श्रमिकहरुलाई मर्यादित जीवन प्रदान र उनीहरुको पूर्ण क्षमताको सदुपयोग गर्न–गराउन आजको दिनले हामी सवैमा प्रेरणा प्रदान गर्न सक्नेछ भन्ने उनले विश्वास व्यक्त गरेका छन्।

“यतिवेला हामी विश्व मानव जातिकै अस्तित्वका लागि चुनौती वनेर आएको साझा सत्रु कोरोना भाइरस रोग (कोभिड–१९)का विरुद्धमा लडिरहेका छौँ र सफलता पनि हासिल गरिरहेका छौँ । यस महामारीका कारण श्रमिक वर्गको अवस्था अत्यन्तै वनेको छ । धेरैको रोजगारी गुमेको छ भने तलव सुविधा कटौती भएको छ । सरकारी नीति तथा योजना वनाउने सन्दर्भमा यसतर्फ हाम्रो विशेष ध्यान जान जरुरी छ । उपचारको विश्वसनीय खोप र औषधीको आविष्कार भैनसकेको वर्तमान अवस्थामा यस रोगको संक्रमणवाट जोगिने अचुक उपाय लकडाउन भएकोले लकडाउन हाम्रो रहर नभएर वाध्यता हो । तर, यसका कारण विशेषगरी दैनिक ज्याला मजदुरी गरी खाने श्रमिकहरुमा गुजाराकै समस्या परेको विषयमा हामी अत्यन्त चिन्तित छौँ । कम्तिमा पनि श्रमिकहरु भोकैसम्म वस्न नपरोस् भनेर हामीले स्थानीय तहमार्फत राहत वितरणको व्यवस्था मिलाएका छौँ । त्यस्तैगरी, पछिल्लो लकडाउनको अवधिमा कोरोना भाइरसको संक्रमणवाट वँच्न सतर्कता र सचेतना अपनाई अधुरा रहेका निर्माण कार्य तथा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई सुचारु गर्ने नीति लिएका छौँ । यसले पनि निर्माण तथा उद्योगमा काम गर्ने श्रमिकहरुलाई केही राहत मिल्ने अपेक्षा लिएको छु ।”

“कोरोना भाइरस रोग (कोभिड–१९)का विरुद्धको यो जारी लडाईँ हामीले अवश्य नै जित्नेछौँ र यस खालको भयावह अवस्थावाट छिट्टै नै मुक्ति पाउनेछौँ भन्ने कुरामा आश्वस्त पार्दै यस रोगका विरुद्धमा एकतावद्ध भई जुध्न एवं सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारीमा जुट्न आजको ऐतिहासिक दिनले हामी सवैलाई थप प्रेरणा प्रदान गर्न सकोस्” उनले कामना गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width