अनलाईन कक्ष नचलाउन महानगरको निर्देशन

प्रकाश ढकाल
वैशाख १८, २०७७
pokhara metropolitaincity office

पोखरा । लकडाउन पछि परीक्षा र नतिजा समेत रोकिएका विद्यार्थी अहिले घरभित्रै छन् । एसईई सहित ११ र १२ कक्षाको परीक्षा भएको छैन । विश्वविद्यालय तहका परीक्षा पनि चलेका छैनन् । गएको चैत ५ गतेभित्र परीक्षा सकिएका विद्यार्थीहरुको नतिजा पनि आएको छैन ।

तर लकडाउन थपिँदै गएपछि विद्यार्थीहरुको मानसिकता नमोडियोस् भनेर सम्बन्धित विद्यालयहरुले धमाधम अनलाईन मार्फत पढाउन थालेका छन् । पोखराका सबैजसो बोर्डिङ स्कुलहरुमा यो पढाई सुरु भैसकेको छ । पश्चिम क्षेत्रकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा पनि अनलाईनमा पाठ्यक्रम बनाएर पढाउन थालिएको छ।

तर पोखरा महानगरपालिकाले यसरी हुने अनलाईन कक्षा बन्द गर्न निर्देशन दिएको छ । विहिबार एक विज्ञप्ती जारी गरी महानगरले अनलाईनबाट हुने पढाई रोक्न भनेको हो । ‘पूर्वाधार छैन । इन्टरनेटको पहुँच पनि सबै ठाउँमा पुगेको छैन । सम्बन्धित निकायको अनुमति विना पढाईने अनलाईन कक्षाले झन् विकृति निम्त्याउन सक्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘अनलाईनको पहुँचमा नरहेका विद्यार्थी र अभिभावकलाई यसले मानसिक दवाव दिन सक्छ। यसबारे महानगरमा उजुरी पनि दर्ता भएको छ । तसर्थ अनुमति विना कुनैपनि अनलाईन कक्षा नगर्नु नगराउनु हुन सुचित गरिन्छ।’

महानगरको शिक्षा महाशाखा प्र्रमुख गंंगाबहादुर गुरुङ ९ कक्षाभन्दा तलका कक्षामा अनलाईन पढाई बन्द गर्न आग्रह गरे । ‘सेसन चलेको छैेन। रिजल्ट भएको छैन । अहिले किन हतार गर्नुपर्छ ?,’ उनले भने, ‘रिजल्ट भएपछि पनि स्कुल जान सक्ने अवस्था नभए सरकारले नै कुनै ब्यवस्था गर्ला । अहिले तत्कालै बन्द गर्नुपर्छ ।’ त्यो भन्दा माथिल्ला कक्षाहरु नियमित रुपमा सञ्चालन गर्न सकिने उनको भनाई छ। ‘माथिल्ला कक्षाको विद्यार्थी परीक्षा कुरिरहेका छन् । निशुल्क कक्षा चलाउन सक्नुहुन्छ,’ उनले अघि थपे, ‘३ कक्षालाई पनि पढाएको भनेर उजुरी आयो । अहिले यो आवश्यक छैन ।’ अभिभावकको सल्लाहमा सञ्चालक समितिले निर्णय गरेर मात्रै अरु कक्षामा अनलाईन पढाई गर्न उनको सुझाव छ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width