लकडाउनमा पोखराबाट ९ सय ३५ पर्यटकको उद्धार, बिहीबार ७२ जना फर्किए

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७७
Tourist4

फाइल फाेटाे

पोखरा, १८ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनयता पोखराबाट ९ सय ३५ जना पर्यटकको उद्धार गरिएको छ । पोखरामा घुम्न आएका विदेशी पर्यटकहरुलाई सम्बन्धित देशको राजदूतावासको पहलमा पोखराबाट काठमाडौंहुँदै विमानमार्फत स्वदेश फर्काइएको हो । बिहीबार पनि ७२ जना विदेशी पर्यटक पोखराबाट काठमाडौंतर्फ लागेका छन्।

स्वीस राजदूतावको पहलमा पोखराबाट ३ वटा पर्यटक बसमार्फत ७२ जना विदेशी पर्यटकहरु काठमाडौं गएका र काठमाडौंदेखि फ्रान्सको पेरिसम्म फ्रेन्च राजदूतावासले विमान चार्टर्ड गरेको छ । त्यसमध्ये ४० जना फ्रेन्च, ११ जना जर्मनसहित पोल्याण्ड, नर्वे, पोर्जुगल, अष्टे«लिया, बेल्जियम, इटाली, क्यानाडा, स्वीडेन, नेदरल्याण्ड, रोमानिया मुलुकका पनि छन् ।

स्वीट्जरल्याण्डका लागि पोखरास्थित प्रतिनिधि समेत रहेका पर्यटन व्यवसायी वसन्तराज दवाडीका अनुसार फ्रेन्च सहित यूरोपेली युनियनले नेपालमा अलपत्र परेका पर्यटकलाई स्वदेश फर्काउन पहल गरेकोमा ७२ जना विदेशी पर्यटकलाई पोखराबाट उनीहरुलाई काठमाडौं पठाइएको हो । त्यसबाहेक २३ जना एनआरएन समेत छन् । यसरी ९५ जना पोखराबाट काठमाडौं गएकोमा काठमाडौंमा थप गरी कुल ३ सय २ जनालाई विमानमार्फत शनिबार फर्काइनेछ ।

नेपालमा गत चैत ११ देखि लकडाउन सुरु गरेको हो । त्यसअघि उनीहरु नेपाल घुम्न आएका थिए । लकडाउनअघि फाट्टफुट्ट घुम्न पाएपनि त्यसपछि भने पोखराका होटलमै थुनिएर बस्न बाध्य भए ।

पर्यटक प्रहरी निरीक्षक गणेश खनालका अनुसार लकडाउनयता पोखराबाट हालसम्म ९ सय ३५ जना विदेशी पर्यटकको उद्धार गरी सकिएको छ ।

कोरोनाको प्रकोपबीच पनि आ–आफ्नो परिवारका सदस्यसँग भेट गर्न पाइने भएपछि कतिपय पर्यटक खुसी देखिन्थे । लेकसाइडको हल्लनचोक नजिकबाट गाडी चढ्ने सुविधा मिलाइएको थियो । आ–आफ्नो लगेज (सामान) सहित स्वदेश फर्कने तयारीमा रहेका उनीहरुले गाडी चढ्नुअघि उपस्थित नेपालीलाई बिदाइको हात हल्लाएका थिए ।

त्यसमध्येका एक फ्रेन्च थोमस होफमनले लकडाउनको कारण नेपालमा अड्किनु परेको बताए । यद्यपि यहाँको बसाइँ सुखद रहेको उनको अनुभव छ ।

त्यस्तै, स्वीट्जरल्याण्डकी नागरिक एञ्जिलाले लामो समयको नेपाल बसाइँपछि स्वदेश फर्किन लाग्दा परिवारका सदस्य भेट्न पाइने खुसी एकातिर रहे पनि केही डर भने लागेको बताइन् ।

त्यस्तै, पोखराको राष्ट्रबैंकचोक घर बताउने एनआरएन पवित्रा गुरुङ पनि परिवारका ५ सदस्यसहित बेलायत फर्किने तयारीमा थिइन् । कोरोनाको केही डर लागेपनि पढाइका कारण जानुपर्ने बाध्यता रहेको सुनाइन् । कोरोनाको डर बेलायतको तुलनामा नेपालमा कम रहेको उनको भनाइ छ ।

स्वदेश फर्किने पर्यटकको ज्वरो भए नभएको सामान्य जाँच गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width