जीप दुर्घटनामा युवतीको मृत्यु

अञ्जनराज न्यौपाने
वैशाख १६, २०७७

तनहूँ । बोलेरो जिपपल्टिदा एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार डेढगाउँबाट पोखरातर्फ जॉदै गरेको जीप दुर्घटनामा परेको हो । ग १ ज ७५०२ नम्बरको बलेरो जीप आफै अनियन्त्रीत भई सडकबाट २ सय मिटर तल खस्न गई दुर्घटना भएको थियोे ।

दुर्घटनामा परि मृत्यु हुनेमा नवलपुरको बौदिक कालिका गाउँपालिका २ बस्ने २३ वर्षिया सन्जु पोख्रेल रहेकि जिल्ला ट्राफिक प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले वताए ।

जीपमा सवार अन्य घाइते छन् । घाइतेहुनेहरुमा जिल्ला नवलपुर बौदिक कालिका गा.पा. २ बस्ने वर्ष ५४ का दिलमाया खत्रीको नाक र मुखमा चोट अवस्था सिरियस रहेको छ। सोही स्थानमा बस्ने वर्ष २६ की सुनिता खत्रीको ढाड र मुखमा चोट अवस्था सिरियस रहेको छ भने सोही स्थानमा बस्ने वर्ष ७ को अविषेक खत्रीको बायाँ आखाँमा चोट अवस्था मध्यम रहेको जनाइएकाे छ।

यस्तै सोही स्थान बस्ने ६ महिनाको अनिल खत्रीको बायाँ गालामा चोट अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। यसैगरी सोही स्थान बस्ने वर्ष २१ का सह चालक शन्तोष परियारको देब्रे खुट्टामा चोट र अवस्था मध्यरहेको जनाइएकाे छ।

Related News

सम्बन्धित समाचार

hero news full width