कोरोना भाइरसको उपचार लकडाउनः प्रदेश सांसद, मनाङ्गे

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७७
ma

पोखरा,१५ वैशाख । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका कारण लकडाउनको समय लम्ब्याएको अवस्थामा सरकारले नै छिमेकी मुलुकबाट खाद्यान्न सामाग्री समयमै आयात गर्न गण्डकी प्रदेश सांसद दिपक मनाङ्गेले आग्रह गरेका छन् ।

संक्रमण हुन नदिनका लागि एक मात्र उपाए लकडाउनमा सुरक्षित रुपमा घरमानै बस्नु रहेको धारणा राख्दै उनले भने “जवसम्म हामी लकडाउनमा हुन्छौ, तव सम्म रोग फैलिन्न ।” उनले यसका लागि नेपाल सरकारले ६ महिना सम्म पुग्ने खाद्यान्न आपूर्ति गर्न सरकारसँग माग गरेका हुन । “अहिले धेरै सामाग्री आयात गर्नु भन्दा पनि अत्यावश्यक मात्रै गेडागुडी र चामल आयात गर्न म सरकारलाई आग्रह गर्छु” उनले भने । आयातका लागि भारत संग मात्रै भर नपरी अरु २/४ मित्रराष्ट्रहरु बाट समेत यसका लागि पहल गर्न उनले आग्रह गरेका छन ।

सरकारले आफै खाद्यान्न सामाग्री आयात गरेर बिक्री वितरण गर्दै त्यसबाट प्राप्त नाफाले गरीब जनतालाई खाद्यान्न निशुल्क रुपमा वितरण गर्न सके सहज हुने प्रदेश सांसद मनाङ्गेगे सुझाएका हुन । उनले भने– “सरकारले किनेको सामाग्री ठूला व्यापारीलाई होइन, सोझै सर्वसाधारणको घर घरमा पुग्न व्यवस्था गर्नुपर्छ, ती सामान कुनै पनि कालो व्यापारीको हातमा नपरोस ।” पटक–पटक लकडाउनको समय थप्दा जनताले आफ्नो योजना समेत बनाउन नसकी अन्यौलमा रहेकोले जिकिर गर्दै उनले भनेका छन–“लकडाउनको अवधी पटक–पटक होइन, लामो समयका लागि बढाउँ, ताकी सबैले आफ्नो योजना बनाउन सकुन, यसले सबैलाई सहज हुन्छ ।”

गाउँ फर्केर जान चाहने सबै नागरिकलाई गाउँ फर्कन सहज वातावरण बनाउँदै गाउँमानै क्वारेन्टाइनमा राख्यो भने पार्टी र सरकारलाई समेत सहज हुने साँसद मनाङ्गेले बताएका छन । उनले भनेका छन–“अहिले नेकपासंग धेरै जनताले विश्वास गरेका छन, जनताको विश्वास माथि कहीँ कतैबाट पनि आँच आउन दिनहुन्न ।” उनले थप प्रष्टाउँदै भने–“जनतानै नरहे के को पार्टी ? के को सरकार ?”

अहिले मुलुकमा देखिएको पार्टी भित्र र सरकारको विषयमा उठेका विषयमा समेत सम्पुर्णलाई गम्भीर हुन आग्रह गर्दै प्रदेश साँसद मनाङ्गेले भनेका छन–“जे–जे विवाद छन ती सबै पार्टी भित्रै बसेर छलफल गर्न र आत्मआलोचना गर्न म सबै नेताहरुलाई आग्रह गर्छु ।” उनले जोड दिंदै भनेका छन–“यो विवाद टिभीको पर्दामा छताछुल्ल पार्ने विषयनै होइन जे भइरहेको छ त्यो गलत भइरहेको छ ।” उनले सबै नेतालाई एक ठाउँ उभिएर गम्भीर भएर सोच्न र जनताको अभिमतको पूर्णरुपले रक्षागर्न आग्रह गरेका छन ।

लकडाउनका कारण अहिले साना व्यवसायीहरु निकै मर्कामा परिरहेको बताउँदै आफु सँधै जनता र मनाङको बिकासका लागि अगाडि बढिरहेको सांसद मनाङ्गेले बताउँदै अहिलेको विषम परिस्थितिमा समेत आफुले मनाङको विभिन्न स्थानीय निकायहरुसंग सहजीकरण गरेर काम गरेको बताउँदै सबै सांसदहरुलाई यसरीनै सहजीकरण गर्न उनले आग्रह गरेका छन । उनले प्रदेश सरकारले स्थानीय सरकारलाईलाई वितरण गरेको रकम बाट धेरै जनताले राहत पाएको उल्लेख गर्दै भने–“स्थानीय सरकारले वितरण गरेको राहत वास्तविक समस्यामा परेका सम्म पुग्न पर्छ, यसमा कोही कसैलै पनि राजनीति गर्नपनि हुन्न, कही बदमासी भएको छ भने त्यसको छानबिन पनि आवश्यक छ ।”

Related News

सम्बन्धित समाचार

  • पोखराका भवन निर्माणमा नयाँ प्रविधि

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) सम्बन्धी प्रशिक्षण बुधबारदेखि सुरु भयो…
  • सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रले आफ्ना गतिविधिको सामाजिक परीक्षण गराएको छ । बालश्रम न्यूनीकरण र श्रममा…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width