पोखरा महानगरले बनायो कृषि बजारमा सेनिटाइज टनेल

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७७
tunnel photo 2

पोखरा, १४ वैशाख । पोखरा महानगरपालिकाले शान्तिवनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइज टनेल जडान गरेको छ ।

कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइज टनेल बनाएर महानगरले कृषि बजार उपजलाई हस्तान्तरण गरेको हो । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कृषि बजार उपजको बजार व्यवस्थापन समितिलाई टनेल आइतबार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिसीले कृषि बजार उपजमा पनि मानिसका भीडभाड हुने भएकाले कोरोनाको संक्रमणलाई न्यूनीकरण गर्न महानगरले टनेल जडान गरेको बताए ।कोरोनाको महामारी लम्बिन सक्ने भएकाले प्रविधिबाट यसलाई नियन्त्रण गर्नपर्ने बताए । उनले भीडभाड हुने सरकारी कार्यालयहरु, अस्पतालहरु, डिपार्टमेन्ट स्टोर्स लगायतमा पनि टनेल जडान गर्नुपर्ने बताए । कोरोनाको रोकथामलाई दीर्घकालीन योजना बनाएर जानुपर्ने सोच महानगरले बनाएको जिसीले बताए ।

कृषि बजार उपज बजार व्यवस्थापन समितिका अध्यक्ष छेबाङ लामाले महानगरले कृषि बजारलाई महत्व दिएर टनेल जडान गरिदिएकोमा महानगरप्रति आभार व्यक्त गरे । पोखरा विश्वविद्यालयको नेपाल इनोभेसन टेक्नोलोजी एन्ड इन्टरप्रेनियरसिपका रवि भण्डारी, विनोद भट्टराई, विनोद गिरी, सरोज कोइरालाले टिमले टनेल निर्माण गरेका हुन् । पोखरा महानगरले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि टनेल जडान गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width