तुरून्तै विद्यालय खोल्न सकिने अवस्था छैन : मन्त्री पोखरेल

रासस
वैशाख १४, २०७७
school-696×338

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

  • नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा गत चैत २२ गतेदेखि सञ्चालित अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार आयोजित समापन समारोहमा उहाँले तुरून्तै विद्यालय खोलेर पहिलाजस्तै शिक्षक र विद्यार्थी प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था छिट्टै नआउने भएकाले सिकाइ क्रियाकलाप वैकल्पिक विधिबाट सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

शिक्षाको वैकल्पिक धारको नेतृत्व गरी शिक्षकलाई प्रविधिसँग नजिक बनाउन प्रयत्नशील रहेकामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन परिवारलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । विद्यालय तहको कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सकिएको भए पनि कक्षा १०, ११ र १२ को परीक्षा हुन नसकेको अवस्थामा सरकारद्वारा गठित समितिको प्रतिवेदनको आधारमा स्थगन परीक्षा कहिले, कहाँ र कसरी सञ्चालन गर्ने भन्ने निर्णय गरिने उहाँले बताउनुभयो ।

नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाले कोरोना माहामारीको विद्यमान अवस्थामा शिक्षण सिकाइ क्रियाकलापका वैकल्पिक उपायको आवश्यकता रहेको बताउँदै त्यसको नेतृत्व गर्ने सङ्गठनको कास्की समितिलाई धन्यवाद व्यक्त गर्नुभयो । शिक्षक महासङ्घले कक्षा १० का विद्यार्थीको एसइई परीक्षालाई मध्यनजर गरी गठित विद्यार्थी हेल्प डेस्कमा बसी सहयोग गर्ने ३५ शिक्षकको सम्पर्क फोनलाई टोल फ्रि बनाउने कुरा सरकारका प्रतिनिधिसँग भए पनि कार्यान्वयनमा नआएको बताउनुभयो ।

उहाँले सबै विद्यार्थी पैसा तिरेर शिक्षकलाई फोन गर्न सक्ने अवस्थामा नभएकाले तुरून्त शिक्षकहरूका तोकिएका सम्पर्क फोनलाई टोल फ्रि बनाउन आग्रह गर्नुभयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले शिक्षकलाई प्रविधिमैत्री बनाउन कास्कीले लिएको अग्रसरताको प्रशंसा गर्नुभयो । कोरोना कहरले बन्दाबन्दीको अवस्थामा देशैभरिबाट एकाएक शिक्षक प्रविधिको उपयोगप्रति उत्सुक देखिएको उहाँले बताउनुभयो । प्रतिनिधिसभा सदस्य पदम गिरीले कोरोना सन्त्रासले अस्तव्यस्तता ल्याएको समयमा पनि शिक्षणको वैकल्पिक बाटोबारे प्रयास गरिएको बताउँदै शिक्षा र स्वास्थ्यको जिम्मेवारी पूर्णरूपमा राज्यले लिनुपर्ने जोड दिनुभयो ।

अब आउने शिक्षा ऐनले शिक्षाको व्यापार र दलाली गर्ने नभई आमजनताको पहुँचमा पुग्ने कुराको सुनिश्चितता हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्गठनका जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले प्रशिक्षणको शुरूदेखि आजसम्मका कार्यक्रम, सहभागी, उपलब्धि तथा चुनौती सम्बन्धमा प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा जिल्ला सचिव तीर्थराज ढकाल, सङ्गठनका उपाध्यक्षद्वय वसुन्धरा पौडेल र हर्कबहादुर लामिछाने, गण्डकी प्रदेश अध्यक्ष रामप्रसाद पोखरेल, वरिष्ठ उपाध्यक्ष केशवराज घिमिरेलगायतले कोरोना महामारीमा अनलाइन शिक्षाको आवश्यकता तथा औचित्य बढ्दै गएकामा जोड दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width