बुटवल, १२ वैशाख । सरकारले हालै ल्याएको राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिन र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानवीनको माग गर्दै नेपाल विद्यार्थी संघले बुटवलमा विरोध प्रदर्शन गरेको छ ।
लकडाउनकै बीचमा बुटवलको पुष्पलाल चोकमा कालो ब्यानर र प्लेकार्ड सहित नेवि संघले प्रदर्शन गरेको हो । संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, तरुण दलका क्षेत्रीय सभापति हसन्त लामा, बुटवल उपमहानगर समिति सभापति सुजन पुन र रुपन्देहीका विभिन्न क्याम्पसका नेवि संघका सभापति र नेताहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् । सरकारको स्वेच्छाचारिता, भ्रष्टाचार र निरंकुश चरित्रका विरुद्ध कोभिड–१९ को जोखिमलाई ख्याल गर्दै सामाजिक दुरी कायम गरेर विरोध प्रदर्शन गरिएको संघका केन्द्रीय उपसभापति पौडेलले बताए ।
विधेयक फिर्ता र स्वास्थ्य सामग्री खरिदमा अनियमितता छानवीनसंगै कोरोनाबाट जोगिन आम नागरिकलाई स्वास्थ्य सामग्री सर्वसुलभ दरमा उपलब्ध गराउन र लकडाउनको मौकामा भइरहेको कालो बजारी तत्काल रोक्न सरकारललाई दवाव दिन प्रदर्शनमा उत्रिनुपरेको केन्द्रीय उपसभापति पौडेलले बताए । सरकारले माग सम्बोधन नगरे प्रदेश र जिल्ला केन्द्रित आन्दोलनलाई लकडाउनकै बीचमा निरन्तरता दिने उनले बताए । प्रदर्शनमा नेवि संघका जिल्ला नेताहरु छाया पोखरेल,सुरज क्षत्री,अशोक गौतम,रेशम केसी लगायतको सहभागिता थियो । नेवि संघको प्रदर्शनलाई प्रहरीले रोकेको थिएन ।
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१