म्याग्दी, १२ वैशाख । म्याग्दीको मालिका गाउँपालिकाले दरवाङमा खाद्य बैंक स्थापना गरेको छ । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका विपन्न र श्रमिकलाई वितरण गरिने राहत खाद्यान्न सङ्कलन गर्न खाद्य बैंक स्थापना गरेको हो ।
बैंकमा बिहीबार विभिन्न क्षेत्रबाट खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । प्रभु बैंकको दरवाङ शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत १२ बोरा चामल र दुई प्याकेट खानेतेल उपलब्ध गराएको छ । शाखाका प्रबन्धक बिपीन चोखालले गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकालगायतलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।
सङ्कलित खाद्यान्न पालिकाका वडा कार्यालयमार्फत लकडाउनका कारण रोजीरोटी गुमेर बिहान–बेलुका खानका लागि समस्यामा परेका विपन्न तथा श्रमिकका परिवारलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा ८८८ परिवारलाई चामल, दाल, नुन र तेल उपलब्ध गराइएको छ । यसैगरी नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र (ख), म्याग्दीले १५ बोरा चामल र दुई प्याकेट तेलका साथै मास्क र स्यानिटाइजर सहयोग गरेको छ । काँग्रेसका नेता हीरा पुन, खिम पुनलगायतले सामग्री हस्तान्तरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१