पोखरा, ११ वैशाख । पोखरा महानगरपालिकाको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । कोषमा पोखरा फाइनान्सले दुई लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले विहीबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।त्यस्तै पोखरा महानगरपालिका वडा नम्वर ९ निवासी मेजर जयबहादुर गुरुङले ५० हजार पाँच रुपैयाँ सहयोग गरेका छन् ।
उनले पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई उत्त रकम हस्तान्तरण गरे । त्यस्तै आईएनएफले एक सय जनाको लागि खाद्यान्न सहयोग गरेको छ । महानगरको मापदण्ड अनुसार एक सय जनाको लागि फुल प्याकेज राहत सामग्री उलब्ध गराएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए ।
पोखरा फाइनान्सको सहयोग रकम बुझदै प्रमुख जिसीले बैक तथा वित्तीय संस्थाहरुले आफनो सामाजिक उत्तरदायित्व अन्र्तगत संकटको बेला गरेको सहयोग प्रशंसनीय रहेको बताए । उनले कोरोना भाइरस विरुद्धको लडाइमा सवैको साथ र सहयोग आवश्यक रहेको बताए । उपप्रमुख गुरुङले संघसंस्था र ब्यक्तिहरुले सहयोग गरेर महानगरलाई साथ दिएकोमा धन्यबाद ज्ञापन गरिन् । लकडाउनको अवस्थामा दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्नेहरु र विपन्नहरुलाई राहत उपलब्ध गराउन पोखरा महानगरले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१