नवलपरासी, १० बैशाख । एक्सन अगेन्स्ट हंगरद्वारा नवलपरासीका स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।बर्दघाट सुस्ता पूर्व र पश्चिमका स्थानीय तह अन्तर्गका बहिरंग उपचार सेवा केन्द्र सञ्चालित स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको हो ।
संस्थाद्वारा नवलपरासी पूर्वका १६ र पश्चिमका १४ गरी ३० वटा स्वास्थ्य संस्थाका लागि आवश्यक आधारभूत स्वास्थ्य सुरक्षा सामग्रीहरु सर्जिकल माक्स, सर्जिकल ग्लोब्स, युटिलिटी ग्लोब्स, लिक्विड साबुन, ह्याण्ड सेनिटाइजर लगायतका सामाग्री हस्तान्तरण गरेको छ । शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमलाई नेपाल सरकारले अत्यावश्यक स्वास्थ्य सेवामा राखेकाले कार्यक्रमले बालबालिकाको उपचारलाई सहजीकरण गर्नका लागी सामाग्री वितरण गरिएको हो ।
नवलपरासी पूर्वका गैंडाकोट नगरपालिकाको दुई स्वास्थ्य संस्था, देवचुली नगरपालिकाको एक, कावासोती नगरपालिकाको दुई, मध्यविन्दु नगरपालिकाको चार, हुप्सेकोट गाउँपालिकाको एक, देउराली स्वास्थ्य चौकी, विनयी त्रिवेणी गाउँपालिकाको दुई, बौदीकाली गाउँपालिकाको दुई र बुलिङ्गटार गाउँपालिकाको दुई स्वास्थ्य संस्थाका लागी स्थानीय तहमार्फत सामाग्री हस्तान्तरण गरिएको छ ।
त्यसैगरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको एक स्वास्थ्य सन् संस्था, सुनवल नगरपालिकाको दुई, रामग्राम नगरपालिकको दुई, प्रतापपुर गाउँपालिकाको चार, सुस्ता गाउँपालिकाको दुई, पाल्हीनन्दन गाउँपालिकाको एक र सरावल गाउँपालिकाको दुई स्वास्थ्य संस्थालाई आधारभूत स्वास्थ्य सुरक्षा सामाग्री स्थानीय पालिका मार्फत हस्तान्तरण गरिएको हो ।गर्मी मौसमको समयमा बालबालिकाहरुको पाचन प्रणालीसँग सम्बन्धित रोगहरुले सामान्य तथा कुपोषित बालबालिकाहरुको उपचारमा नियमितता होस् भनि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको एक्सन अगेन्स्ट हंगरले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार पोखरेल सम्मानित
रेवान पोखरामा विश्वराज
फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
बेनी–जोमसोम सडक अवरुद्ध
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१