विश्वभर कोरोनाबाट मर्नेको संख्या १ लाख ७७ हजार पुग्यो

एजेन्सी
वैशाख १०, २०७७
corona patients

काठमाण्डौ, १० वैशाख । विश्वभर कोरोना भाइरसका कारण मर्नेको संख्या झनझन् वढ्दै गएको छ । कोरोनाकै कारण सबैभन्दा वढी क्षति अमेरिकाले भोगिरहेको छ । अमेरिकामा कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या झन्झन् बढ्दै गएको छ।

वितेको २४ घण्टा अगाडि अर्थात बुधवार विहान ६.३० बजेसम्मको २४ घन्टामा मात्रै यसको संक्रमणबाट अमेरिकामा २८ सय २ जनाको मृत्यु भएको छ। यो योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ हजार नाघेको छ।मंगलबार एकै दिन अमेरिकामा २७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। त्यहाँ संक्रमितको संख्या ८ लाख १९ हजार ८ सय ९ पुगेको छ। अहिलेसम्म अमेरिकामा करिब ८३ हजार मात्रै उपचारपछि ठिक भएका छन्। कोरोना संक्रमणबाट मंगलबार विश्वभर ७ हजार ६० जनाले ज्यान गुमाएका वल्र्डओमिटरले जनाएको छ।

यो सँगै विश्वभर मृतकको संख्या १ लाख ७७ हजार ४ सय ५७ पुगेको छ। यो बुधबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म विश्वभर संक्रमितको संख्या २५ लाख ५६ हजार ७ सय ९८ पुगेको छ। त्यसमध्ये ६ लाख ९० हजार २ सय १९ जना मात्रै उपचारपछि ठिक भएका छन्।युकेमा गएको २४ घन्टामा ८ सय २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
त्यसैगरी इटालीमा ५ सय ३४, फ्रान्समा ५ सय ३१, स्पेनमा ४ सय ३०, जर्मनीमा २२४, टर्कीमा ११९, ब्राजिलमा १५४, बेल्जियममा १७०, क्यानाडामा १४४, नेदरल्यान्डमा १६५, स्वीडेनमा १८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अहिलेसम्म इटालीमा साढे २४ हजारभन्दा धेरै, स्पेनमा २१ हजारभन्दा धेरै, फ्रान्समा २० हजारभन्दा धेरै, युकेमा १७ हजारभन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width