कास्की प्रहरीमा सेनिटाइजर टनेल

विनिता सुनार
वैशाख ९, २०७७
photo 9

पोखरा, ९ वैशाख । जिल्ला प्रहरी कार्यालय कास्कीमा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ ।उक्त टनेल मंगलवार पोखरा महानगरपालिकाले जडानगरी जिल्ला प्रहरी कार्यालय कास्कीलाई हस्तान्तरण गरेको हो ।

स्वाचालित सेनिटाइजर टनेलले होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने काम गर्छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीलाई उक्त टनेल हस्तान्तरण गरेका हुन् । प्रमुख जिसीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि अंग्रपक्तिमा खटिने प्रहरीलाई सुरक्षित बनाउन र उनीहरुको मनोबल उच्च बनाउन टनेलले सहयोग पु¥याउने बताए । कोरोनाको महामारी लम्बिन सक्ने भएकाले प्रविधिबाट यसलाई नियन्त्रण गर्नपर्ने जिसीले बताए ।

उनले भीडभाड हुने सरकारी कार्यालय, अस्पताल, डिपार्टमेन्ट स्टोर्समा पनि टनेल जडान गर्नुपर्ने बताए ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले कार्यालय परिसरमा राखिएको सेनिटाइजर टनेलले कोरोना रोकथामका सहयोग पुग्ने बताए । नेपाल इन्जिनियर एशोसिएसन गण्डकीका अध्यक्ष बाबुराम भण्डारीले एशोसिएसन र पोखरा महानगरका इन्जिनियरले बनाएको यो टनेल अपांग मैत्री भएको बताए । उनले पोखरा महानगर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेको टनेल भन्दा अझ एड्भान्स भएको बताए ।
स्वचालित सेनिटाइजर टनेलले ५ सेकेन्डमा होलबडीलाई सेनिटाइज गरिसक्ने पोखरा महानगरका इन्जिनियर शुलभ तिमिल्सिनाले बताए । टनेललाई अपांग मैत्री बनाउन र दृष्टिविहीनहरुको लागि पनि उपयोगी हुने गरी निर्माण गरिएको तिमिल्सिनाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width