बागलुङ, ८ बैशाख । मानवीय सेवामा कामगर्दै आएको बागलुङको मानव सेवा आश्रमको लागि कामना सेवा बिकास बैंकले खाद्यान्न सहयोग गरेको छ ।सामाजिक उत्तरदायित्वको भूमिका अन्तर्गत कामना सेवा बैंकका सबै कर्मचारीले एकदिनको तलबबाट मानव सेवा आश्रमको लागि करिब २२ हजार बराबरको चामल नून चाउचाउ लगायतका खाद्य सामाग्री आश्रमलाई कार्यक्रम गरी हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
कोरोनाले बिश्वलाई नै आक्रान्त बनाइरहेको समयमा थोरै भएपनि मलम लगाउन सहयोग पुगोस् भनेर मानव सेवा आश्रमलाई सहयोग गरेको कामना सेवा बिकास बैकका धौलागिरि क्षेत्र प्रमुख टंकनाथ लामिछानेले बताए ।कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटाले मानव सेवा आश्रम धौलागिरिकै आशाको किरण भएपनि यतिबेला कोरोनाको जोखिमका कारणले बाहिर भएका ब्यक्तिहरूलाई आश्रममा राख्न असमर्थ भएको बताए ।कतिपय बेला मानवीयता भएपनि रोग र संक्रमण भित्रीने डरको कारणले समस्या आउने गरेको अध्यक्ष बाँस्कोटाले बताए ।
मानव सेवा आश्रममा महिला अपांग जेष्ठ नागरिक, बालबालिका गरि अहिले ४२ जनाले आश्रय लिएर बसिरहेका छन् ।आश्रम सामाजिक संघसंस्था समाजसेवी मानवीयता भएका ब्यक्तिहरूको आर्थिक नैतिक र भौतिक सहयोगबाट संचालन भइरहेको मानव सेवा आश्रम बागलुङकी अभियन्ता सुमिरा लामाको भनाई छ । कार्यक्रम संचालन कामना बिकास बैकका बागलुङ शाखा प्रबन्धक ध्रुब पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१