वालिङ नपाद्वारा झण्डै तीन हजार नागरिकलाई राहत वितरण

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७७
parasi 1

वालिङ, ७ वैशाख ।वालिङ नगरपालिकाले शनिबारसम्म झण्डै तीन हजार जना नागरिकलाई राहत उपलब्ध गराएको छ । कोरोना भाईरस संक्रमणका कारण सरकारले लकडाउन गरेपछि समस्यामा परेका दुई हजार ९ सय ५८ जना नागरिकलाई राहतस्वरुप खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।

नगरका १४ वटै वडाबाट अति विपन्नहरुको तथ्यांक संकलन गरी वडा कार्यालयले नगर कार्यपालिकामा पठाएपछि नगरपालिकाले वडा÷वडालाई परिवार संख्याका आधारमा खाद्यान्नको कुपन उपलब्ध गराएर वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । राहत वितरण प्रक्रियालाई पारदर्शी, प्रभावकारी, विश्वसनीय तथा भीडभाडरहित बनाउँदै एकद्वार प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यले ‘कुपन सिस्टम’ द्वारा राहत वितरण गरिएको बताइएको छ ।

वडाले सिफारिस गरेका परिवार संख्यालाई राहत वितरणका लागि तोकिएको मापदण्ड अनुसारका खाद्यान्नहरु समावेश गरी १५ दिनलाई उपलब्ध गराइएको बताइन्छ । नगरपालिकाले नगरभित्रका विभिन्न वडामा ब्यावसायिकरुपमा उत्पादन गरेका ताजा हरियो तरकारीहरु बन्दा, काउली, केराउ लगायतका तरकारीहरु पनि राहत प्याकेजमा समावेश गरिदिएकाले ब्यवसायिकरुपमा उत्पादन भएको तरकारीले राम्रो बजार प्राप्त गरेको छ ।यसैबीच वालिङ नगरापालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा शनिबारसम्म कूल २९ लाख ४७ हजार ३ सय ९९ संकलन भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width