पोखरा । गण्डकी प्रदेशमा बाहिरका मान्छेलाई प्रबेश रोक लगाईएको छ । अरु प्रदेशबाट आउने ब्यक्तिहरुलाई नाकामै रोक्ने र त्यहीँबाट फर्काउने निर्णय गरिएको हो ।
कोरोना, रोकथाम, नियन्त्रण र ब्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिको बैठकले प्रदेशभित्रकै एक जिल्ला र अर्को जिल्ला तथा एक स्थानीय तह र अर्को स्थानीय तहमा हुने आवतजावत पनि नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देश गरेको छ ।
कोही लुकीछिपी आवतजावत गरे सम्बन्धित ठाउँमा नै क्वारेन्टानइनमा बस्नैपर्ने बाध्यकारी ब्यवस्था गरिएको छ । यस्तै, लुकिछिपी अत्यावश्यक सेवाका गाडी चढेर कोही प्रदेशमा छिरे गाडीसहित त्यस्ता ब्यक्तिलाई नियन्त्रणमा लिन पनि निर्देशन गरिएको छ ।
प्रदेश भित्रिने गाडीहरुलाई अनिवार्य किटनासक औषधी छर्कन र सम्बन्धित गाडीका चालकको कोरोना परीक्षण गर्ने ब्यवस्था पनि मिलाईएको समितिले जनाएको छ । प्रदेशभित्रका सबै मस्जित, मदरसा, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक स्थल पूर्ण रुपमा बन्द गर्न भनिएको छ भने त्यसको अनुगमन गरेर नियन्त्रण गर्ने निर्णय भएको छ । बजारमा किनमेलका लागि निस्किएकाहरुलाई समेत भीड नगर्न अपिल गरिएको छ ।
बैठकले राहत वितरण एकद्धार प्रणालीबाट गर्ने, जिल्ला र स्थानीय तहमा भएका क्वारेन्टाइनको मापदण्ड पूरा गराउने र आइसोलेसन कक्षहरुलाई कोभिड क्लिनिक बनाउन भनिएको छ । र्यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) बाट नेगेटिभ रिजल्ट आएपनि पिसिआरमा पोजिटिभ आउन सक्ने भएकोले २८ दिन अनिवार्य क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्ने ब्यवस्था गरिएको छ ।
प्रदेशभित्रका सबै अस्पतालमा ओपिडिबाहेकका स्वास्थ्य सेवा सूचारु गर्न पनि निर्देशन दिईएको समितिका सदस्य एवं आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
hero news full width
मुख्य समाचार
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१