राज्यकोश, जन्मोत्सव र राजसी शैली

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७६

राज्यकोशबाट रजाइँगर्ने बानी परेकाहरुको लागि प्रधानमन्त्रीज्यूको यो जन्मोत्सवको उदाहरण नै मार्ग निर्देशन हुने भयो । २०७३ सालमा हिन्दूस्तानका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा, गणतन्त्रात्मक लोकतन्त्र भएको नेपालमा आफ्नो सत्ता धानिराख्नका लागि, सबैलाई आश्चर्यमा पार्दै, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल राज्य भरि नै बिदाको घोषणा गरेका थिए । त्यसैको देखासिकी गरेर (नजीर) मानेर हालै सुदूर पश्चिम प्रदेशको पर्यटन मेलाको उद्घाटन भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारीज्यू जाँदा प्रदेशभरि नै सार्वजनिक बिदा दिइयो ।

राणा शाही र राजाशाही कालमा राणा प्रधानमन्त्रीहरुले राज्यकोशलाई खुलम्खुला आफ्नो सम्पत्ति बनाए र छोराछोरी र नातेदारहरुलाई समेत बाँडेका थिए । राजाशाही काल अर्थात पञ्चायतकालमा पञ्चहरुलाई पनि बाँडिएको थियो । पञ्चायत कालमा देशविदेशमा लोकतन्त्रको युग छाएको हुनाले राज्य कोशलाई राणाशाहीको पालामा जस्तै गरेर खुलम्खुला आफ्नो सम्पत्ति नबनाए पनि, राजाको एकदलीय प्रजातन्त्रको नाममा, देखाउनका लागि, आफ्नै स्वार्थ अनुकूल नीति नियम बनाएर राज्यकोशलाई राजाशाहीकै सम्पत्ति बनाएको थियो ।
आज बहुदलीय लोकतन्त्रको बेलामा पनि त्यही नै शैलीमा जुन पार्टीको प्रधानमन्त्री भएपनि कहिले त हुकुमी शैलीबाट र कहिले कूटनीति र कुनीति प्रयोग गरेर नीतिनियम कानून बनाएर आफ्नो सुखसुविधामा राज्यकोशलाई उडाउने र पार्टी र पार्टीका कार्यकर्ताहरुलाई पनि बाँड्ने गर्दा जनमानसले निराशाको अनुभूति गरेको छ । यो प्रवृत्ति मात्र छोडेको भएपनि जनताले राहत र आशाको अनुभूति गथ्र्यो । गफाडीको गफ जस्तो कुरा भनेर जनता आजित हुने थिएनन् । लोकतन्त्रको स्वाद लिन पाउँथे ।
त्यस्ता कार्यहरुमा हालै प्रधानमन्त्री ओलीज्यूको जनमोत्सवलाई पनि लिन सकिन्छ । जन्मोत्सवमा ७० लाख, अझ एउटा मिडियाले त आठ राईका स्कूल विद्यार्थीहरुलाई बोलाएर, छ हजार पाहुनाहरुलाई भोज खुवाएर, पटकपटक हेलिकप्टर रिजर्व गरेर सिङ्गो नेपालको नक्सा बनाएको ३० केजीको केकलाई चार्टर गरेको र पञ्चायतकालमा राजारानीको आगमन हुँदा सार्वजनिक विदा दिएको शैलीमा सार्वजनिक बिदा दिएर राजसी शैलीमा मनाएको जन्मोत्सवमा विभिन्न प्रकारका खर्चहरुको विवरण समेत दिएर एक सामाजिक मिडियाले त करिब डेढ करोडको खर्च भएको जानकारी सार्वजनिक गरेको छ । जुन देशका जनता औषधि उपचार नपाएर दीर्घ रोगी भई मरिरहेका छन्, त्यो देशमा जन्मोत्सव मनाउन, एक दिनको लागि त्यत्रो रकम खर्च गर्नु र भव्य बनाउनु भनेको विडम्बना हो ।
यस प्रसङ्गमा मलाई एउटा कुराको सम्झना आउँछ । राजा वीरेन्द्रको राज्यभिषेकमा बेलायतका टेलिभिजनहरुमा “पुअरेष्ट कन्ट्रीज किङ्ज्स् रिचेष्ट कोरोनेशन” अर्थात ‘एकदम गरीब देशका राजाको एकदम भव्य (धनी) राज्याभिषेक” भनेर देखाइएको थियो । त्यसबेला म लिड्स यूनिभर्सिटीमा एजुकेसनमा डिप्लोमा गर्दै थिएँ । यस्तो कार्य सायद नीति पनि नबनाएर, हुकुमी शासनकै मौखिक निर्देशनकै आधारमा खर्च गरेको हुन सक्छ । नीति बनाएको भए त यो कार्यको अनुसरण भविष्यका प्रधानमन्त्रीहरुले पनि यसरी नै राज्यकोशको दुरुपयोग गर्ने भए ।
राज्यकोशबाट रजाइँगर्ने बानी परेकाहरुको लागि प्रधानमन्त्रीज्यूको यो जन्मोत्सवको उदाहरण नै मार्ग निर्देशन हुने भयो । २०७३ सालमा हिन्दूस्तानका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा, गणतन्त्रात्मक लोकतन्त्र भएको नेपालमा आफ्नो सत्ता धानिराख्नका लागि, सबैलाई आश्चर्यमा पार्दै, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल राज्य भरि नै बिदाको घोषणा गरेका थिए । त्यसैको देखासिकी गरेर (नजीर) मानेर हालै सुदूर पश्चिम प्रदेशको पर्यटन मेलाको उद्घाटन भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारीज्यू जाँदा प्रदेशभरि नै सार्वजनिक बिदा दिइयो । काम चोर र सुविधा प्राप्त गर्ने प्रवृत्ति भएको समाजमा, खासगरी पदमा बस्नेहरुले दशकदम लम्केर यस्ता उदाहरणको अनुसरण गर्छन् । तर काम गर्ने, राज्यकोश वृद्धि गर्ने र बचाउने काममा भने दश कदम पछाडि सर्छन् । यो लोकतन्त्रको दुर्गुण होइन । राणाशाही तथा राजाशाहीमा हुर्केका चाकडी बाजहरु, जो अहिले पैतृक संस्कारले प्रेरित छन्, उनीहरूको सक्रियता हो, प्रवृत्ति हो ।
लोकतन्त्रमा सत्ता, सम्पत्ति र नेतृत्वका अधिकारीहरुले त काम कर्तव्य पूरा गर्नमा दत्तचित्त भई अघि सर्छन् । जनताले कर तिरेर जनताको लागि आएका देशीविदेशी सहयोगहरुले बनेको राज्यकोशबाट पाउने, देश र समाजको हैसियतसँग मिल्ने गरी बनाएको सीमा भित्र मात्रै रहेको तलबभत्ता उपभोग गर्ने बाहेक राज्यकोशको दुरुपयोग नगर्ने प्रवृत्ति नै लोकतन्त्रको हो । तर आज त्यस्तो नभएर उल्टो भएको छ ।
लोकतन्त्रलाई फुलाउन–फलाउन, सत्तामा बस्ने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुदेखि लिएर कर्मचारी संयन्त्रका सचिवदेखि अड्डाका हाकिम कारिन्दासम्ममा सबभन्दा पहिले राणाशाही र राजाशाहीको मालिकत्व र दासत्वको जीवनशैली हुनुहुँदैन । राज्यकोशलाई सकेसम्म वृद्धि गनुपर्र्छ, तर लुट्ने वा अनावश्यक सुखसुविधामा खर्च गर्नुहुँदैन । अझ लोकतान्त्रिक यथार्थमा भनौँ भने, जन्मोत्सव मनाउँदा सम्बन्धित व्यक्तिले आफ्नै (नीजि) खर्च गर्नुपर्छ ।
यस्तो उदाहरण दिइयो भने उत्तराधिकारीले पनि त्यही उदाहरण लिएर आफ्नो जन्मोत्सव मनाउने प्रचलन शुरु हुन्छ । अझ मेरो भनाइ त त्यस्तो व्यक्तिगत उत्सव र कार्यहरुमा प्रधानमन्त्रीले मात्र होइन राष्ट्रपतिले पनि बिदा लिनुपर्छ । अन्यथा भएमा राणाशाही र राजाशाहीकै जीवनशैलीको निरन्तरता हुने भयो; देशमा त्यही सामन्ती वातावरण रहने भयो ।
अर्काे कुरा सादा जीवन र उच्च विचारको जीवनशैली लोकतन्त्र वा जनतन्त्र अर्थात जनमुखी संस्कार सांस्कृति हो । यससन्दर्भमा सबभन्दा पहिले भ्रष्टाचाररहित, अनियमितता रहित, नातावाद–कृपावाद रहित जीवन शैली पहिलो आवश्यकता हो । त्यसको साथसाथै राज्यले दिएको तलब र नियमअनुसार पाएको तलब–भत्तामा जीविका गर्नु हो । आजको सन्दर्भमा समय र परिस्थिति अनुसार सरकार चलाउने र सरकारी कर्मचारीहरुको लागि राज्यले तलबभत्ता वृद्धि गरेकै छ । त्यो तलबभत्ताले राम्रो सादाजीवन गुजार्न सकिन्छ ।

लोकतन्त्रलाई फुलाउन–फलाउन, सत्तामा बस्ने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुदेखि लिएर कर्मचारी संयन्त्रका सचिवदेखि अड्डाका हाकिम कारिन्दासम्ममा सबभन्दा पहिले राणाशाही र राजाशाहीको मालिकत्व र दासत्वको जीवनशैली हुनुहुँदैन ।

थप कुरा, कार्यालयका हाकिम, न्यायाधीश र व्यापारी तथा उद्योगपति आदि समाजको सेवा गर्ने हरुले पनि कसैलाई अन्यायमा नपार्नु, ठग्ने काम नगर्नु र अन्यायमा परेकाहरुलाई ढिलासुस्ती नगरी न्याय दिनु, जनतन्त्रको आवश्यकता हो । यी कुराहरु कार्यान्वयन भएपछि जनताले जनतान्त्रिक परिवर्तनको अनुभूति पक्का पनि गर्न सक्छ र यसबाट समृद्ध नेपाल र सुखी नेपाली जीवनको दिगो विकास हुन्छ । यस्तो जीवनशैली बिताउन र प्रवृत्ति लिनलाई गाह्रो कुरा छैन । केवल परम्परागत सामन्ती संस्कारलाई छोडे पुग्छ ।
अन्त्यमा फेरि एकपटक प्रधानमन्त्रीज्यूको जन्मोत्सवकै कुरा गरौँ । प्रधानमन्त्रीज्यूले नेपालको ३० किलोको केक काटेर जन्मोत्सव मनाएको, सञ्चार माध्यममा देखियो । केक काटेपछि नक्सालाई टुक्राटुक्रा पारेर सबैले खाए पनि होलान् । यसै प्रकरणमा यहाँ नेपाली जनमानसको भावना र संस्कार–सांस्कृतिको प्रसङ्गको कुरा गर्दछु ।
नेपाल बौद्ध र हिन्दू सांस्कृतिको सङ्गम भएको देश र समाज हो । दुवै संस्कार–सांस्कृतिले जन्मदिने आमालाई महान र पूज्य मान्दछ । त्यसैसँग आवद्ध भएको वा प्रतिकको रुपमा, जन्मेको देशलाई पनि आमातुल्य मातृभूमि मान्दछ । जसरी आमाले १० महिना गर्भधारण गरेर जन्माएपछि, पनि दश धारा दुध पियाइ हुर्काउँछ, ठीक त्यसै गरेर जन्मभूमिले बाँचुन्जेल सम्म जलजमिन, अन्न र हावापानी दिएर हामीलाई जीवन दिइरहेको हुन्छ ।
त्यसरी आमाको स्थानमा रहेको मातृभूमिलाई विदेशी संस्कार–संस्कृतिको अनुसरण गरेर, जन्मोत्सवमा नेपालको आकारको केक बनाएर काट्नु र टुक्राटुक्रा पारेर खानु भनेको आमाको शरीरलाई काटेर खानु जस्तै अनुभूति नेपाली जनमानसमा भएको छ । यो कुरा भावनासँग विल्कुल आबद्ध छ र नेपालको राष्ट्रिय पहिचानको एक साझा संस्कार सांस्कृति पनि हो । त्यो तथ्य प्रधानमन्त्री जस्तो पदमा पुगेका के.पी. ओलीज्यूले नसम्झनु ठूलो विडम्बना हो ।
दोस्रो कुरा विदेशी संस्कारमा केक काटेर बालेको बत्ती पनि ‘फुफु’ गरेर निभाउँछ । यो पनि नेपाली सांस्कृतिको विपरीत छ । नेपाली सांस्कृतिमा बत्ती भनेको उज्यालो अर्थात चैतन्य चेतना हो, जसले अन्धकार रुपी अविद्या नासेर जनावर जीवनबाट मानवताको सभ्य जीवनमा उकास्न भावनात्मक प्रेरणा दिन्छ । अत नेपाली सांस्कृतिमा जन्म दिनमा बत्ती बालिन्छ । बलेको बत्ती निभाइन्न । यसलाई वास्ता नगर्नु खेदको कुरा हो ।
अन्तरराष्ट्रिय वातावरणमा कदम मिलाएर बढ्नु भनेको आफ्नो सांस्कृति र भावनामा चोट पु¥याउनु होइन । यस्तो कार्य प्रधानमन्त्री जस्तो, जनमानसको लागि उदाहरणीय पदमा पुग्नु भएको व्यक्तिबाट हुनु, एकदम अशोभनीय कार्य हो । केक काटेर खानु पश्चिमा सभ्यता भए पनि समाजमा लोकप्रिय भएको छ । यसको लागि कुनै खाद्य वस्तुको आकारमा केक भव्य रुपमा बनाएर अन्त्यमा काटेर खाँदा नेपाली भावनामा आघात पुग्दैन ।
प्रधानमन्त्रीज्यूको ६९ औं जन्मोत्सवलाई खल्लो पार्ने, लेखकको प्रयास होइन । जन्म दिनमा उहाँलाई सुस्वास्थ्य र सुखीजीवनको कामना गर्दै, अझै धेरैधेरै जन्मोत्सव मनाउन पाओस् भनी प्रार्थना गर्दछु । तर त्यस्तो जन्मदिन मनाउँदा उत्तराधिकारीहरुको लागि सामन्ती परम्परालाई प्रोत्साहन गर्ने नहोस् र गरीब जनताले पनि राहत र प्रोत्साहन पाउने होस् भन्ने आग्रह गर्दछु ।
भ्(mबष्स्निभजभलमचब।उपजबचभष्२िथबजयय।अयm ÷ँबअभदययपस् न्भजभलमचब एयपजचभष्
ि

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width