जेठ १८, डोल्पा । यार्सागुम्बा संकलन गर्न गएका तीन जनाको मृत्यु भएको छ। डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा संकलन गर्न गएका जाजरकोटका दुइ जनाको लेक लागेर मृत्यु भएको हो। मृत्यु हुनेमा बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण बिक र जाजरकोटकै २२ वर्षीय रमेश चलाउने रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
लेक लागेर बिरामी परेका चलाउनेको बिहीबार प्यारी भोक्पा यार्सागुम्बा पाटनमै मृत्यु भएको र बिकको उपचारका लागि ल्याउँदै गर्दा शनिबार बिहानै फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, ठूलीभेरी नगरपालिका–१ का ३८ वर्षीय बुद्धि कार्कीको गत बिहिबार दुना यार्सापाटनमा भीरबाट लडेर मृत्यु भएको थियो।
यार्सा संकलनमा जानेहरुमा लेक लागेर बिरामी पर्नेको संख्या बढ्दै गएकाले सर्वसाधारणहरु धमाधम घर फर्कन थालेका छन्। एक महिनाअघि मात्रै यार्सा संकलन गर्न आएका जुम्लाका दुईजनाको मृत्यु भएको थियो। बैशाखदेखि हालसम्म पाँच जनाले ज्यान गुमाइसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ।
Related News
सम्बन्धित समाचार
जंगली च्याउ खाएर आमाछोराको मृत्यु
चिप्लेढुंगाका फलफूल व्यवसायी न्यौपाने दम्पतिको निधन
नवलपुरको कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ९ घाइते
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
ढुंगाले लागेर बागलुङमा बालिकाको मृत्यु
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०