संस्कृतिविद् जोशी पुगे १०० बर्ष गृह जिल्ला ललितपुरमा खुशीयाली

एजेन्सी
वैशाख ३०, २०७६
satyamohan-joshi2019-05-01

ललितपुर, ३० वैशाख । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी वैशाख ३० गतेदेखि ९९ वर्ष पूरा गरी १०० वर्षमा प्रवेश गरेका छन् ।

उनी १०० वर्ष पुरा गरेको उपलक्षमा उनको सम्मान गर्दै उनको गृहजिल्ला ललितपुरका दुई नगरपालिकाले सार्वजनिक बिदा दिएका छन्। ।

जोशी देशकै एक अनमोल रत्न भएको भन्दै उनी सय वर्ष टेकेको उपलक्ष्यमा आज (सोमबार) ललितपुर महानगपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। ।

उक्त महानगरपालिका र नगरपालिकाभित्रका सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य संघसंस्थामा बिदा दिइएको सूचना मार्फत जानकारी गराइएको छ। महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार जोशीका नाममा उद्यान र सडक निर्माण गर्ने निर्णय पनि भएको छ।

शताब्दी पुरुष जोशीको सयौं जन्मोत्सवमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दै छ। जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि इटी, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोकसम्म पुर्याउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ।

बिहान साढे ११ बजे र्याली सुरु हुनेछ। कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुनेछन्। । सत्यमोहनको सयौं जन्म दिन मनाउन महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा १ सय ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

गत वर्ष ललितपुर महानगरपालिकाले जोशीलाई एक सुरक्षाकर्मी, मोबाइल र सवारी साधन प्रदान गरेको थियो। जोशीको जन्म १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको हो। भाषा, साहित्य, कला, लोकसाहित्य र संस्कृतिका क्षेत्रमा जोशीले पुर्याएको योगदान अतुलनीय छ।

वि.सं. १९९८ को गोरखापत्रमा ‘परिचय’ कविता र १९९९ मा ‘कर्तव्य’ कथा छापिएका सत्यमोहनका वर्णमाला, निबन्ध, प्रबन्ध, नाटक, कविता, कथा, महाकाव्य, बालसाहित्य, सम्पादन गरी ७० पुस्तक प्रकाशित छन्।

नेपाली साहित्य क्षेत्रमा सर्वाधिक चर्चित मदन पुरस्कार उनले वि.स.ं २०१३, २०१७ र २०२८ गरी तीनपटक प्राप्त गरेका छन्। वि. सं. २०१६ मा पुरातत्व विभागको पहिलो निर्देशक बन्ने अवसर पनि उनले नै पाएका थिए। पाँच वर्षअघि त्रिमूर्ति निकेतनले ‘शताब्दी पुरुष’ तथा दुई वर्षअघि नेपाल सरकारले ‘वाङमय शताब्दी पुरुष’ को उपाधि प्रदान गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । लीलादेवी गडतौला नेपाल सरकारको पहिलो महिला मुख्यसचिव बनेकी छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले हाल कामु मुख्यसचिव…
  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…

hero news full width